Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

जीप दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु


२५ जेठ, कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–२ सेरामा जीप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रास्कोटको बसपार्कबाट जितेका लागि छुट्न लागेको ब१च ४६४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका–१ का ४३ वर्षीया मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवराज वमले जानकारी दिए । उनका अनुसार दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही घाइते भएकी छिन् ।

घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खसेको थियो ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?