Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

बैतडीका वनमा क्यान्सर निको पार्ने गुण भएको वनस्पति, संरक्षण कार्यक्रम लागु


२६ जेठ, बैतडी । बैतडीका वनमा क्यान्सर जस्तो प्राणघातक रोग निको पार्ने औषधीय गुण भएको लौठसल्ला संरक्षण गरिएको छ। लौठसल्लाको पातबाट क्यान्सर रोग निको पार्ने ‘ट्याक्सोल’ नामको रासायनिक तत्व बन्ने गरेको बताइन्छ।

सङ्घ र प्रदेश सरकारको अगुवाइमा लौठसल्ला संरक्षण गर्न जडीबुटीको प्राकृतिक व्यवस्थापन संरक्षण कार्यक्रम लागु भएको छ। डिभिजन वन कार्यालय बैतडीले चालु आर्थिक वर्षभित्र लौठसल्ला संरक्षण गर्न १० लाख रुपियाँ खर्च गर्ने भएको छ।

यहाँको ग्वाल्लेक र सिगास संरक्षित वनमा रहेको लौठसल्ला संरक्षण गर्न बिरुवा गणना र घेराबार लगाउने कार्यक्रम यही असारभित्र सम्पन्न हुन गइरहेको छ। ढोल्यामोडमा लौठसल्लाको गणना गरी घेराबार लगाउने कार्यक्रम रहेको डिभिजन वन कार्यालयका प्रुमख भीमप्रसाद कँडेलले जानकारी दिए।

पुर्चौडी नगरपालिका–६ स्थित वसन्त हरियाली सामुदायिक वनमा लौठसल्ला संरक्षणको कार्यक्रम असारभित्रै पूरा हुने उनले बताए। यसबाहेक सिगास र ग्वाल्लेक संरक्षित वनमा पनि क्यान्सर जस्तो प्राणघातक रोग निको पार्ने औषधीय गुण भएको लौठसल्लाको जङ्गल रहेको छ।

लौठसल्लाको पात, बोक्रा र जरा प्रशोधन गरेर क्यान्सर रोग निको पार्ने ‘ट्याक्सोल’ नामको रासायनिक तत्व निकालिने गरेको उनले बताए। यो रसायन पाठेघर, फोक्सो, स्तन, टाउको, प्रोस्टेट, छाला र अन्न नलीको क्यान्सर रोग निको पार्ने औषधीका लागि कच्चा पदार्थका रूपमा प्रयोग हुने गरेको पाइन्छ।

जथाभाबी डोजर चलाएर गरिएको सडक निर्माणले वन फँडानी हुँदा लौठसल्लाको जङ्गल मासिने भएकाले उपभोक्तालाई सचेत गराएको डिभिजन वन कार्यालयका प्रमुख कँडेलले बताए।


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?