Trending
>>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

बैतडीका वनमा क्यान्सर निको पार्ने गुण भएको वनस्पति, संरक्षण कार्यक्रम लागु


२६ जेठ, बैतडी । बैतडीका वनमा क्यान्सर जस्तो प्राणघातक रोग निको पार्ने औषधीय गुण भएको लौठसल्ला संरक्षण गरिएको छ। लौठसल्लाको पातबाट क्यान्सर रोग निको पार्ने ‘ट्याक्सोल’ नामको रासायनिक तत्व बन्ने गरेको बताइन्छ।

सङ्घ र प्रदेश सरकारको अगुवाइमा लौठसल्ला संरक्षण गर्न जडीबुटीको प्राकृतिक व्यवस्थापन संरक्षण कार्यक्रम लागु भएको छ। डिभिजन वन कार्यालय बैतडीले चालु आर्थिक वर्षभित्र लौठसल्ला संरक्षण गर्न १० लाख रुपियाँ खर्च गर्ने भएको छ।

यहाँको ग्वाल्लेक र सिगास संरक्षित वनमा रहेको लौठसल्ला संरक्षण गर्न बिरुवा गणना र घेराबार लगाउने कार्यक्रम यही असारभित्र सम्पन्न हुन गइरहेको छ। ढोल्यामोडमा लौठसल्लाको गणना गरी घेराबार लगाउने कार्यक्रम रहेको डिभिजन वन कार्यालयका प्रुमख भीमप्रसाद कँडेलले जानकारी दिए।

पुर्चौडी नगरपालिका–६ स्थित वसन्त हरियाली सामुदायिक वनमा लौठसल्ला संरक्षणको कार्यक्रम असारभित्रै पूरा हुने उनले बताए। यसबाहेक सिगास र ग्वाल्लेक संरक्षित वनमा पनि क्यान्सर जस्तो प्राणघातक रोग निको पार्ने औषधीय गुण भएको लौठसल्लाको जङ्गल रहेको छ।

लौठसल्लाको पात, बोक्रा र जरा प्रशोधन गरेर क्यान्सर रोग निको पार्ने ‘ट्याक्सोल’ नामको रासायनिक तत्व निकालिने गरेको उनले बताए। यो रसायन पाठेघर, फोक्सो, स्तन, टाउको, प्रोस्टेट, छाला र अन्न नलीको क्यान्सर रोग निको पार्ने औषधीका लागि कच्चा पदार्थका रूपमा प्रयोग हुने गरेको पाइन्छ।

जथाभाबी डोजर चलाएर गरिएको सडक निर्माणले वन फँडानी हुँदा लौठसल्लाको जङ्गल मासिने भएकाले उपभोक्तालाई सचेत गराएको डिभिजन वन कार्यालयका प्रमुख कँडेलले बताए।


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?