Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

कर्णाली


दार्चुलाको आकाशमा निरन्तर चक्कर लगाउँदै भारतीय हेलिकप्टर

२३ श्रावण, दार्चुला । दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरले चक्कर लगाइरहेको पाइएको छ। पछिल्ला केही दिनयता भारतीय हेलिकप्टर नेपाली आकाशमा उडिरहेको छ । खलंगामा रहेको नेपाली सेनाको गुरु गोरख गुल्म, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको ४४ नम्बर गण हेडक्वाटरलगायतका सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रमाथि हेलिकप्टर उडेको बताइएको छ ।

सुतिरहेकी आमाको हत्या गर्ने छोरा पक्राउ

२३ श्रावण, सल्यान । सल्यानमा लाठीले हानेर आफ्नै छोराले आमाको हत्या गरेका छन् । जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका अन्दाजी २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेका हुन् । मङ्गलवार बिहान ४ बजे आमाबुवा सुत्ने कोठा गई लट्ठीले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय

जुम्लामा खाद्यान्न चामल अभाव

२२ ,श्रावण ,जुम्ला । जुम्ला सदरमुकाम खलङ्गास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामलको अभाव हुन थालेको छ । डिपो कार्यालयमा चामलको आयात कम भएसँगै अभाव भएको हो । चामल कम भएसँगै सर्वसधारणका लागि केही समयसम्म वितरण स्थगित गरिएको कार्यालय प्रमुख निर्मल विष्टले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा

दुई जिल्लामा फेरिए सिडिओ

२२ श्रावण, काठमाडाैँ । जाजरकोट र अछाममा सरकारले नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ । गृह मन्त्रालयले जाजरकोटको रिक्त सिडिओमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारलाई र अछाममा जिल्ला प्रशासन कार्यालय मोरङमा कार्यरत सहायक सिडिओ उपसचिव शरदकुमार पोखरेललाई पठाएको हो । मन्त्रालयले दिएको जानकारी अनुसार अछाममा रहेका सिडिओ शिवराम न्यौपानेले

डोल्पाको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा तोडफोड

२० श्रावण, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ । अज्ञात समूहद्वारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका सोह्रवटा सिँढी तोफफोड भएको हो । हिन्दूहरुको पवित्र शक्तिपीठसँगै मन्दिर जन्माउने मन्दिरका रुपमा परिचित त्रिपुरासुन्दरीमा शृङ्खलाबद्ध रुपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका

बीमा कार्यक्रम सहर मात्र नभई गाउँ केन्द्रित गर्नुपर्छ : मन्त्री सिंह

१९ ,श्रावण ,कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बीमा कार्यक्रमलाई सहर मात्र नभई गाउँ केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा वीरेन्द्रनगरमा आज आयोजित ‘बीमासम्बन्धी पत्रकारसँगको अन्तरक्रिया’मा उनले बीमाको सेवा र पहुँच वृद्धि हुनेगरी प्राधिकरणअन्तर्गतका बीमा कम्पनीहरुले काम गर्नुपर्नेमा

जङ्गली च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त बिरामी

१९ श्रावण, जाजरकोट । जङ्गली च्याउ खाँदा यहाँ एकको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी छन् । विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो । मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ् । आमा, छोराले जङ्गलबाट ल्याएको च्याउ

कर्णालीमा विद्युतुसम्बन्धी छट्टै कानुन ल्याइँदै

१७ श्रावण, कर्णाली । कर्णाली प्रदेश सरकारले विद्युत्सम्बन्धी छुट्टै ऐन ल्याउने तयारी गरेको छ । प्रदेशका नागरिकलाई गुणस्तरीय तथा भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन सो ऐन निर्माण गर्न लागिएको होे । ऐन निर्माणपछि कर्णालीमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पुग्ने अपेक्षासहित प्रदेशसभामा विद्युत्सम्बन्धी विधेयक टेबुल गरिएको छ । आज बसेको दोस्रो

रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ

१७ श्रावण, रूकुम । रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आएका थिए । उनि बिरामी भएर जाँचका लागि मङ्गलबार अस्पताल पुगेका थिए ।

बैतडीमा ‘लार्भा खोज र नष्ट गर’ अभियान

१७ श्रावण, बैतडी । बैतडीमा एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।  सिगास गाउँपालिका–६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ मा डेङ्गु सङ्क्रमण देखिएको यो पहिलो घटना हो । ज्वरो आएपछि शिवलिङ्ग स्वास्थ्यचौकीमा उपचारका लागि

सम्वन्धित समाचारहरु