२२ श्रावण, काठमाडाैँ । जाजरकोट र अछाममा सरकारले नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ ।
गृह मन्त्रालयले जाजरकोटको रिक्त सिडिओमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारलाई र अछाममा जिल्ला प्रशासन कार्यालय मोरङमा कार्यरत सहायक सिडिओ उपसचिव शरदकुमार पोखरेललाई पठाएको हो ।
मन्त्रालयले दिएको जानकारी अनुसार अछाममा रहेका सिडिओ शिवराम न्यौपानेले स्वास्थ्य समस्याका कारण मन्त्रालयमा सरूवा माग गरेका छन् ।
प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार