Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

बीमा कार्यक्रम सहर मात्र नभई गाउँ केन्द्रित गर्नुपर्छ : मन्त्री सिंह


१९ ,श्रावण ,कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बीमा कार्यक्रमलाई सहर मात्र नभई गाउँ केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा वीरेन्द्रनगरमा आज आयोजित ‘बीमासम्बन्धी पत्रकारसँगको अन्तरक्रिया’मा उनले बीमाको सेवा र पहुँच वृद्धि हुनेगरी प्राधिकरणअन्तर्गतका बीमा कम्पनीहरुले काम गर्नुपर्नेमा जोड दिए । उनले भने, “बीमा सेवा प्रदायक कम्पनीले जीवन र निर्जीवन बीमा कार्यक्रम अभियानलाई जनस्तरसम्म पुर्याउनुपर्छ । प्रदेश सरकार यो अभियानमा सहयोग गर्न प्रतिबद्ध छ ।”

प्राधिकरणले बीमा सेवा तथा कार्यक्रमको आवश्यकता र महत्त्वबारेमा जानकारी गराएकोप्रति कृतज्ञता प्रकट गर्दै मन्त्री सिंहले कर्णालीका सात सय १८ वटै पालिकामा सबैको पहुँच पुग्ने बीमाको अभियान थाल्न सुझाए ।

आवश्यक समस्या समाधानमा सरकारले सहजीकरण गर्ने उनको भनाइ थियो । योजना मन्त्रालयका सचिव दीर्घराज पोखरेलले अर्थतन्त्रको आधार स्तम्भका रुपमा मानिने बीमा कार्यक्रमले अर्थलाई चलायमान बनाउन ठूलो सहयोग पुर्याउने धारणा व्यक्त गरे । “कर्णालीमा बीमा गर्नुपर्छ भन्ने आवश्यकता महसुस भएको छ तर गाउँसम्म कार्यक्रम विस्तार हुन सकेको छैन”, सचिव पोखरेलले भने, “बिमितको भुक्तानी प्राप्तिलाई सहज बनाउन सेवा प्रदायकको प्रवृतिसमेतमा सुधार आउनुपर्छ ।”

प्राधिकरणका कर्णाली प्रदेश प्रमुख पदमप्रसाद सोडारीले बीमितको निश्चित रकम कर्णालीबाटै भुक्तानी दिलाउने गरी काम भइरहेको बताए । उनले भने, “हामीले यहाँका जनताको जीउधन सुरक्षाका लागि धेरै काम गर्छ । अब ओखर र सिमीको बीमा कार्यक्रम पनि ल्याउँदैछौँ ।”

मौसमी सूचनाका आधारमा बनाइएको स्याउ बीमा कार्यक्रम भने निरन्तर चलिरहेको प्रमुख सोडारीले जनाए । उक्त अन्तरक्रियामा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश अध्यक्ष देवीराम देवकोटाले दुरदराजका बस्तीमा पुग्ने गरी बीमा कार्यक्रम लागु गर्न र यस क्षेत्रमा पत्रकारलाई उत्प्रेरित भएर लेख्ने वातारण तयार पार्न सुझाए ।

महासङ्घ सुर्खेतका सचिव ललित बुढाले कर्णालीमा विट पत्रकारिताको विकास भइनसकेको जनाउँदै यस क्षेत्रको पत्रकारिताका लागि अनुशिक्षण कार्यक्रम ल्याउन आग्रह गरे ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?