Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

बीमा कार्यक्रम सहर मात्र नभई गाउँ केन्द्रित गर्नुपर्छ : मन्त्री सिंह


१९ ,श्रावण ,कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बीमा कार्यक्रमलाई सहर मात्र नभई गाउँ केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा वीरेन्द्रनगरमा आज आयोजित ‘बीमासम्बन्धी पत्रकारसँगको अन्तरक्रिया’मा उनले बीमाको सेवा र पहुँच वृद्धि हुनेगरी प्राधिकरणअन्तर्गतका बीमा कम्पनीहरुले काम गर्नुपर्नेमा जोड दिए । उनले भने, “बीमा सेवा प्रदायक कम्पनीले जीवन र निर्जीवन बीमा कार्यक्रम अभियानलाई जनस्तरसम्म पुर्याउनुपर्छ । प्रदेश सरकार यो अभियानमा सहयोग गर्न प्रतिबद्ध छ ।”

प्राधिकरणले बीमा सेवा तथा कार्यक्रमको आवश्यकता र महत्त्वबारेमा जानकारी गराएकोप्रति कृतज्ञता प्रकट गर्दै मन्त्री सिंहले कर्णालीका सात सय १८ वटै पालिकामा सबैको पहुँच पुग्ने बीमाको अभियान थाल्न सुझाए ।

आवश्यक समस्या समाधानमा सरकारले सहजीकरण गर्ने उनको भनाइ थियो । योजना मन्त्रालयका सचिव दीर्घराज पोखरेलले अर्थतन्त्रको आधार स्तम्भका रुपमा मानिने बीमा कार्यक्रमले अर्थलाई चलायमान बनाउन ठूलो सहयोग पुर्याउने धारणा व्यक्त गरे । “कर्णालीमा बीमा गर्नुपर्छ भन्ने आवश्यकता महसुस भएको छ तर गाउँसम्म कार्यक्रम विस्तार हुन सकेको छैन”, सचिव पोखरेलले भने, “बिमितको भुक्तानी प्राप्तिलाई सहज बनाउन सेवा प्रदायकको प्रवृतिसमेतमा सुधार आउनुपर्छ ।”

प्राधिकरणका कर्णाली प्रदेश प्रमुख पदमप्रसाद सोडारीले बीमितको निश्चित रकम कर्णालीबाटै भुक्तानी दिलाउने गरी काम भइरहेको बताए । उनले भने, “हामीले यहाँका जनताको जीउधन सुरक्षाका लागि धेरै काम गर्छ । अब ओखर र सिमीको बीमा कार्यक्रम पनि ल्याउँदैछौँ ।”

मौसमी सूचनाका आधारमा बनाइएको स्याउ बीमा कार्यक्रम भने निरन्तर चलिरहेको प्रमुख सोडारीले जनाए । उक्त अन्तरक्रियामा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश अध्यक्ष देवीराम देवकोटाले दुरदराजका बस्तीमा पुग्ने गरी बीमा कार्यक्रम लागु गर्न र यस क्षेत्रमा पत्रकारलाई उत्प्रेरित भएर लेख्ने वातारण तयार पार्न सुझाए ।

महासङ्घ सुर्खेतका सचिव ललित बुढाले कर्णालीमा विट पत्रकारिताको विकास भइनसकेको जनाउँदै यस क्षेत्रको पत्रकारिताका लागि अनुशिक्षण कार्यक्रम ल्याउन आग्रह गरे ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?