Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

डोल्पाको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा तोडफोड


२० श्रावण, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ । अज्ञात समूहद्वारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका सोह्रवटा सिँढी तोफफोड भएको हो ।

हिन्दूहरुको पवित्र शक्तिपीठसँगै मन्दिर जन्माउने मन्दिरका रुपमा परिचित त्रिपुरासुन्दरीमा शृङ्खलाबद्ध रुपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए ।

विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सोह्रवटा सिँढीका ढुङ्गाहरु हथौडा प्रयोग गरेर तोडफोड भएको उहाँले जानकारी दिए । यस्तो किसिमको गलत काम कुनै धर्म विरोधी तत्वको हुनसक्ने भएकाले पत्ता लगाउन कानुनी रुपमा अघि बढ्नाका साथै स्वयं जगत् जननी मातासँग पनि भाकल गरिएको समेत उपाध्यायको भनाइ छ ।

कसले कुन कारणले सिँडी फुटायो अझै पत्ता नलागेकाले पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रहसमेत गरिएको छ । यसअघि पनि अज्ञात समूहले मन्दिरका सिँढी तोडफोड गरेपछि विज्ञप्ति नै निकालिएको थियो । त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि देशविदेशबाट भक्तजनहरु आउने गर्दछन् ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?