Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

दार्चुलाको आकाशमा निरन्तर चक्कर लगाउँदै भारतीय हेलिकप्टर


२३ श्रावण, दार्चुला । दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरले चक्कर लगाइरहेको पाइएको छ। पछिल्ला केही दिनयता भारतीय हेलिकप्टर नेपाली आकाशमा उडिरहेको छ ।

खलंगामा रहेको नेपाली सेनाको गुरु गोरख गुल्म, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको ४४ नम्बर गण हेडक्वाटरलगायतका सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रमाथि हेलिकप्टर उडेको बताइएको छ ।

नेपाली आकाशमा भारतीय हेलिकप्टर निर्वाध घुमेको यो नै पहिलो पटक भने हैन । यसभन्दा अघि पनि सोही क्षेत्रमा भारतीय हेलिकप्टर घुम्ने गरेको थियो ।

लगातार भारतीय हेलिकप्टर देखिन थालेपछि दार्चुलाकी सीडीओ किरण जोशीले भारत पत्र पठाएर ध्यानाकर्षण गरिएको जानकारी दिएकी छन् ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?