१६ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बैशाख १८ गते सोमबार विश्वासको मत लिने भएको छ । मुख्यमन्त्रीको पदभार ग्रहणपछि बसेको पहिलो मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । विश्वासको मत सोमबार लिने निर्णय भएको विना विभागीय मन्त्री धनबहादुर मास्कीले जानकारी दिए । उनका अनुसार बैठकले लुम्बिनी
१६ वैशाख, कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले शुक्रबारदेखि अनुचित लेनदेन (मिटर ब्याज) बाट पीडितहरुको निबेदन संकलनका लागि पीडित सहयता कक्ष सञ्चालनमा ल्याएको छ । मिटर व्याजबाट पीडितहरुले बैशाख १७ देखि ३१ गते सम्म आफूसँग भएको सबुद प्रमाणसहित सहयता कक्षमा आई निबेदन दिन प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
१६ वैशाख, नवलपरासी । चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ। नयाँ वर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो। मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज
१६ वैशाख, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन् । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पारिन् । यस वर्ष विद्यालयको
१५ वैशाख ,लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पदभार ग्रहण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको सपथ लिएपछि उनले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् । पदभार
१५ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आज स्वर्णपदक जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण हात पारेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेन्डमा पूरा गरे । मधेस प्रदेशका
१५ वैशाख, काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई शपथ गराएका हुन् । बिहीबार प्रदेश प्रमुख शेरचनले नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए
१५ वैशाख, गुल्मी । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । बिहान ६ः५५ बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ः३९ बजे गुल्मीको रेसुङ्गा
१५ वैशाख, गुल्मी । बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावका कारण अहिले बसाइँसराइ बढ्दो छ । यही समस्याको परिणामस्वरुप अहिले गाउँ रित्तिदै गएका छन् । यस्तै अवस्थामा गुल्मीमा पनि छ । गुल्मीमा पछिल्लो ११ महिनामा बसाइँसराइ बढ्दो अवस्थामा छ । जिल्लाबाट गत वर्ष ०७९ वैशाख १ देखि चैत ८ गतेसम्म
१५ वैशाख, बाँके । सद्भाव सहरका रुपमा रहेको नेपालगञ्जमा १४ वर्षपछि ५१ कुण्डीय गायत्री महायज्ञ हुने भएको छ । दिव्य आकर्षक झाँकीका साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रासहित वैशाख २६ देखि २९ गतेसम्म नेपालगञ्जको खजुरा रोडस्थित गायत्री मन्दिरमा सो महायज्ञ हुने गायत्री परिवार प्रज्ञा मण्डलले जनाएको