Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

मिटरव्याज पीडितका लागि कपिलवस्तुमा सहायता कक्ष सञ्चालन


१६ वैशाख, कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले शुक्रबारदेखि अनुचित लेनदेन (मिटर ब्याज) बाट पीडितहरुको निबेदन संकलनका लागि पीडित सहयता कक्ष सञ्चालनमा ल्याएको छ । मिटर व्याजबाट पीडितहरुले बैशाख १७ देखि ३१ गते सम्म आफूसँग भएको सबुद प्रमाणसहित सहयता कक्षमा आई निबेदन दिन प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

मिटरव्याजबाट पीडित व्यक्तिहरुका लागि आवश्यक निबेदन कार्यालयमा निःशुल्क पाइने र निबेदनको फारम कार्यालयकै कर्मचारीले भरिदिने प्रजिअ आचार्यले बताए । उनले भने, “यसअघि प्रशासन कार्यालय कपिलबस्तुमा दर्ता हुन आएका मिटरव्याज सम्बन्धी उजुरीका निबेदनहरु सोही मितिमा उपस्थित भई अनलाईनमा निबेदन दर्ता गर्नुपर्नेछ ।”


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?