Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने पहिलाकै निर्णय हो : मन्त्री शर्मा


१६ वैशाख, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन् ।

नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पारिन् । यस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा पहिले नै हातहातमा पुस्तक पुगेको उल्लेख गर्दै यो एतिहासिक काम भएको बताइन् । विगतमा परीक्षा हुँदाका बेलासम्म पनि पुस्तक नपुगेको र यस पटक भने समयमै पाठ्यपुस्तक पुग्नु सरकारको ठूलो उपलब्धि भएको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा मन्त्री शर्माले दाङमा विमानस्थलका नाममा राजनीति नगर्न आग्रह गरिन् । “यसो गर्दा विमानस्थल विस्तारमा असर गर्छ”, उनले भनिन्– “पहिलो प्राथमिकता भनेको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थललाई नै प्रभावकारी बनाउने हो । त्यहाँ प्राविधिक समस्या भए मात्र दाङको जुनसुकै ठाउँमा भए पनि प्रभावकारी विमानस्थल हुनुपर्छ ।”

जिल्लाका धेरै ठाउँमा अझै पनि टेलिकम टावर नहुँदा फोन सेवाको पहुँच पुग्न नसकेको मन्त्री शर्माले बताइन् । धेरै ठाउँमा टावर निर्माणको प्रक्रिया अघि बढेको उनले जानकारी दिइन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु भएको भन्दै अबको केही समयमा स्नातक तहका शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी रहेको उनले बताइन् ।

सो अवसरमा चारवटै पालिकाका माओवादी केन्द्रका अध्यक्षले विकास निर्माणको अवस्थाका बारेमा मन्त्री शर्मालाई जानकारी दिएका थिए । बबई गाउँपालिकाका अध्यक्ष एकलाल घर्ती, दङ्गीशरणका अध्यक्ष मनिराम चौधरी, तुलसीपुरका अध्यक्ष खुसीराम चौधरीलगायतले आ–आफ्नो धारणा राखेका थियो ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?