Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

धमाधम रित्तिदैँ गाउँ : ११ महिनामै ५ हजार ३ सयले छाडे गाउँ


१५ वैशाख, गुल्मी । बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावका कारण अहिले बसाइँसराइ बढ्दो छ । यही समस्याको परिणामस्वरुप अहिले गाउँ रित्तिदै गएका छन् । यस्तै अवस्थामा गुल्मीमा पनि छ ।

गुल्मीमा पछिल्लो ११ महिनामा बसाइँसराइ बढ्दो अवस्थामा छ । जिल्लाबाट गत वर्ष ०७९ वैशाख १ देखि चैत ८ गतेसम्म ११ महिनामा एक हजार चार सय एक परिवारका पाँच हजार तीन सय ४५ जनाले गाउँ छोडेका छन् ।

राष्ट्रिय पञ्जीकरण विभागका अनुसार जिल्लाका १२ पालिकामध्ये सबैभन्दा धेरै मुसिकोट नगरपालिका र सबैभन्दा कम इस्मा गाउँपालिकाबाट बसाइँसराइ गरेका छन् । नौ महिनामा मुसिकोटबाट एक सय ७५ परिवारका सात सय २२ एवं इस्माबाट ७२ परिवारका दुई सय ४८ जनाले गाउँ छाडेका छन् ।

त्यस्तै रेसुङ्गा नगरपालिकाबाट एक सय परिवारका तीन सय ४८, कालीगण्डकी गाउँपालिकाबाट एक सय चार परिवारका तीन सय ९४ जना, गुल्मीदरबार गाउँपालिकाबाट एक सय २२ परिवारका चार सय ८५ जनाले गाउँ छोडेको तथ्याङ्क छ ।

सत्यवती गाउँपालिकाबाट एक सय ५९ परिवारका पाँच सय ८१, चन्द्रकोट गाउँपालिकाबाट एक सय १८ परिवारका चार सय ५५, रुरुक्षेत्र गाउँपालिकाबाट एक सय १४ परिवारका चार सय १४, छत्रकोट गाउँपालिकाबाट एक सय ३७ परिवारका पाँच सय ३१, धुर्कोट गाउँपालिकाबाट एक सय एक परिवारका तीन सय ९१, मदाने गाउँपालिकाबाट एक सय ११ परिवारका चार सय ११ जना र मालिका गाउँपालिकाबाट ८७ परिवारका तीन सय ३१ जनाले गाउँ छाडेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बसाइँसराइ रोक्न पालिकाले शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गरेको बताए । “स्वास्थ्य र शिक्षा राम्रो भएमा नागरिक गाउँ बस्छन्”, उनले भने, “कृषिमार्फत रोजगारी सिर्जना गर्ने योजना छ ।” अर्यालले रोजगारी सिर्जना र मानिसको अत्यधिक बसाइँसराइ रोक्न भने आफूहरुको कदम पर्याप्त नभएको बताए । यसका लागि अन्तरपालिका समन्वय र सङ्घीय र प्रदेश सरकारले पनि ठोस योजना बनाउनुपर्ने उनले बताए ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?