Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा पदभार ग्रहण


१५ वैशाख ,लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पदभार ग्रहण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको सपथ लिएपछि उनले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि मुख्यमन्त्री चौधरीले राजधानी कार्यान्वयनको जिम्मेवारी सरकारको काँधमा आएको बताए । उनले प्रदेशको स्थायित्व र विकासका लागि सरकारले प्राथमिकताका साथ काम गर्ने बताए । “राजधानी घोषणादेखि कार्यान्वयनमा हामी सँगसँगै छौँ”, उनले भने, “हामी सहभागी अघिल्लो सरकारले राजधानी कार्यान्वयन र पूर्वाधार निर्माणको काम गरेको थियो । अहिले पनि निरन्तरता दिन्छौँ ।”

नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गत पुस २७ गते नेकपा (माओवादी केन्द्र) सहितका दलको समर्थनमा सरकारको नेतृत्व गरेका नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले गत सोमबार प्रदेशसभामा दोस्रो पटक राख्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत गरेपछि उनको नेतृत्वको सरकार ढलेको हो ।

मुख्यमन्त्री चौधरी नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक÷एक जना र स्वतन्त्र एक सांसद गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?