Trending
>>   राष्ट्रिय सहमति भए हृदयेन्द्रलाई राजा बनाउन सकिन्छ:कमल थापा >>   सडक खन्ने क्रममा पहिरोले पुरिएर एक्साभेटर चालकको मृत्यु >>   १५ जेठको आन्दोलनको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजे : राजेन्द्र लिङ्देन >>   क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ >>   बुटवलमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ >>   जिप दुर्घटनामा बाजुराका टेलिकम प्रमुख सहित ३ को मृत्यु ,दुई घाइते >>   सगरमाथा बेसक्याम्पबाट प्रधानमन्त्रीज्युलाई पहिलो पत्र >>   त्रास अझैं बाँकी छ … >>   आज मिति २०८२ साल जेठ १२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   मौसम : देशका विभिन्न भागमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना
Logo
१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार

लुम्बिनी


रुपन्देहीमा बढे कोरोना सङ्क्रमित

२८ चैत्र, भैरहवा । रुपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ । सडक मार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रुपमा रहेको रुपन्देहीको बेलहिया नाकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ । बेलहिया नाका हुँदै नेपाल भित्रिने यात्रुहरुमध्ये भारतीय यात्रुहरुमा तुलनात्मक रुपमा सङ्क्रमण बढी देखिएको

एमाले निकट गुण्डा नाइके ‘चक्रे मिलन’ ‘एके–४७’ को सुरक्षा घेरामा देखिए, बडिगार्ड पक्राउ

२८ चैत्र, काठमाडाैँ । 'चक्रे मिलन'का नामले परिचित मिलन गुरुङ अत्याधुनिक हतियार ‘एके–४७’को सुरक्षा घेरामा देखिएका छन् । उनी शान्तिसुरक्षालाई चुनौती दिँदै एके–४७को सुरक्षा घेरामा देखिएका हुन् । नेपालगन्जको सिद्धार्थ होटलमा उनका बडिगार्डले एके–४७ बन्दुक लिएर उनको पछाडी हिँडेको भिडियो टिकटकमा पोस्ट भएको छ । अहिले यो भिडियोले चर्चा पाइरहेको छ

बस्तीमा आगलागी, चार घर पूर्ण रुपमा नष्ट

२८ चैत्र, बाँके । बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामान्य क्षति भएको छ । आगलागीबाट दुईवटा बाख्रा र केही कुखुरा आगोमै जलेर मरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नंं ५ का अध्यक्ष टीकानाथ यादवले

तयार भयो जिल्लाकै ठूलो रामपुर अस्पताल

२७ चैत्र, पाल्पा । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ। निर्माण कार्य सुरु भएको करिब आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको हाे। नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञसहितको सेवा पाउने आशामा स्थानीय छन्। यस अस्पताल ०७२ सालमा ५० शय्यामा

विद्यालयमा खानेपानी अभाव, शौच गर्न सधैँ समस्या

२७ चैत्र, बाँके । बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ । खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत अञ्जनी कुम्हार बताउँछन् । “विद्यालयमा शौच गर्न सधैँ समस्या हुन्छ, पानीको व्यवस्था छैन्”, उनले भने । कक्षा कोठा

स्वास्थ्य र शिक्षामा छुट

२६ चैत ,तुलसीपुर । दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर सङ्घको पहलमा केही विद्यालयले उनीहरुलाई भर्ना तथा मासिक शुल्कमा छुट दिने भएका हुन् । सङ्घका केन्द्रीय उपमहासचिव घनश्याम डाँगीले तुलसीपुरका केही विद्यालयले छुट दिन लागेका जानकारी दिए । तुलसीपुस्थित डिभाइन

अकला गुफाको संरक्षणमा चासो

२५ चैत्र, नवलपुर । जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने अकला गुफाको संरक्षणमा चासो दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली गाउँपालिका–२ डेढगाउँमा रहेको अकला गुफाको संरक्षणमा अकलादेवी गुफा तथा मन्दिर व्यवस्थापन समितिले हालैमात्र पहुँचमार्गका रुपमा बाटो निर्माण गरेको छ । पर्यटनको सम्भावना बोकेको अकला गुफाको संरक्षण नहुँदा

महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन

२५ चैत्र, पाल्पा । अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ । मन्दिर आसपास स्थानीय महिला समूहमा आबद्ध भएर भजन गाउछन्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन एमाले उपाध्यक्ष पौडेलको आग्रह

२४ चैत्र, भैरहवा । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने विश्वास व्यक्त गरका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरेका हुन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको आजदेखि सुरु २२औँ वार्षिक साधारणसभा

मौरीपालनमा कृषक आकर्षित

२४ चैत्र, पाल्पा । पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञानकेन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको छ । कार्यालयले मौरीपालनलाई व्यवसायीकरण गर्न स्थलगतरुपमा मौरी स्रोत विकास केन्द्रमा नै पुगेर कृषकलाई प्रयोगात्मक

सम्वन्धित समाचारहरु