Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रुपन्देहीमा बढे कोरोना सङ्क्रमित


२८ चैत्र, भैरहवा । रुपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ । सडक मार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रुपमा रहेको रुपन्देहीको बेलहिया नाकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ ।

बेलहिया नाका हुँदै नेपाल भित्रिने यात्रुहरुमध्ये भारतीय यात्रुहरुमा तुलनात्मक रुपमा सङ्क्रमण बढी देखिएको छ । नाकामा सङ्क्रमण देखिएकाहरु आफ्नै तरिकाले आफ्नो गन्तव्यतर्फ जाँदा यसले सङ्क्रमणको जोखिम झनै बढाएको छ । केही समय पहिला सङ्क्रमित देखिएका भारतीय नागरिकलाई भारत फिर्ता पठाउने गरिए पनि अहिले त्यो अवस्था छैन ।

फागुनसम्म न्यून सङ्ख्यामा कोरोना सङ्क्रमित देखिए पनि चैतमा यो सङ्ख्या बढेको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा चैतमा सबैभन्दा धेरै १९ गते एकै पटक १७ जनामा कोरोना संक्रमित पुष्टि भएको थियो । भारतबाट नेपाल आउने एक सय ५९ यात्रुमा कोरोना परीक्षण गर्दा एकजना नेपाली र १६ जना भारतीयमा सङ्क्रमण पाइएको बेलहिया हेल्थ डेस्कको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, चैत २० गते ९२ जनामा परीक्षण गरिएकामा तीन भारतीय, चैत २३ मा एक सय ६० जनामा परीक्षण गर्दा दुई नेपाली र १० भारतीयसहित १२ जनामा कोभिडको सङ्क्रमण पाइएको थियो ।

कोभिड सङ्क्रमण बढेसँगै केही समययता सुस्त रहेको स्थानीय प्रशासनले सीमामा सतर्कता बढाएको छ । सङ्क्रमण फेरि बढ्ने र महामारी देखापर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै रुपन्देहीमा सङ्क्रमण न्यूनीकरण गर्न तयारी सुरु गरिएको छ । जसमा अस्पतालमा जनशक्ति व्यवस्थापनदेखि भौतिक व्यवस्थापन, खोप एवम् एन्टिजेन परीक्षणलाई तीव्रता दिइएको छ ।

जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समिति (डिसिसिसिएमसी) को बैठकले बेलहिया हेल्थ डेस्कको क्षमता वृद्धि गरी परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?