Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

एमाले निकट गुण्डा नाइके ‘चक्रे मिलन’ ‘एके–४७’ को सुरक्षा घेरामा देखिए, बडिगार्ड पक्राउ


२८ चैत्र, काठमाडाैँ । ‘चक्रे मिलन’का नामले परिचित मिलन गुरुङ अत्याधुनिक हतियार ‘एके–४७’को सुरक्षा घेरामा देखिएका छन् । उनी शान्तिसुरक्षालाई चुनौती दिँदै एके–४७को सुरक्षा घेरामा देखिएका हुन् ।

नेपालगन्जको सिद्धार्थ होटलमा उनका बडिगार्डले एके–४७ बन्दुक लिएर उनको पछाडी हिँडेको भिडियो टिकटकमा पोस्ट भएको छ । अहिले यो भिडियोले चर्चा पाइरहेको छ ।

नेपालगन्जमा नेकपा एमालेको जनवर्गीय संगठन युवा संघको महाधिवेशनमा भाग लिन उनी त्यहाँ पुगेको बताइएको छ । तर, उनी उक्त कार्यक्रममा सहभागी नभएको जानकारी दिइएको छ ।

प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको जानकारी दिएको छ । त्यस्तै, मिलन चक्रेको पछाडी ‘एके–४७’ लिएर हिड्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

चक्रे मिलन एमालेका कार्यकर्ता हुन् । उनी गत मंसिरमा भएको चुनावमा गोरखा क्षेत्र २ बाट उम्मेदवारमा सिफारिस समेत भएका थिए । तर, उनी उम्मेदवार भने उठेनन् ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?