Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

एमाले निकट गुण्डा नाइके ‘चक्रे मिलन’ ‘एके–४७’ को सुरक्षा घेरामा देखिए, बडिगार्ड पक्राउ


२८ चैत्र, काठमाडाैँ । ‘चक्रे मिलन’का नामले परिचित मिलन गुरुङ अत्याधुनिक हतियार ‘एके–४७’को सुरक्षा घेरामा देखिएका छन् । उनी शान्तिसुरक्षालाई चुनौती दिँदै एके–४७को सुरक्षा घेरामा देखिएका हुन् ।

नेपालगन्जको सिद्धार्थ होटलमा उनका बडिगार्डले एके–४७ बन्दुक लिएर उनको पछाडी हिँडेको भिडियो टिकटकमा पोस्ट भएको छ । अहिले यो भिडियोले चर्चा पाइरहेको छ ।

नेपालगन्जमा नेकपा एमालेको जनवर्गीय संगठन युवा संघको महाधिवेशनमा भाग लिन उनी त्यहाँ पुगेको बताइएको छ । तर, उनी उक्त कार्यक्रममा सहभागी नभएको जानकारी दिइएको छ ।

प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको जानकारी दिएको छ । त्यस्तै, मिलन चक्रेको पछाडी ‘एके–४७’ लिएर हिड्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

चक्रे मिलन एमालेका कार्यकर्ता हुन् । उनी गत मंसिरमा भएको चुनावमा गोरखा क्षेत्र २ बाट उम्मेदवारमा सिफारिस समेत भएका थिए । तर, उनी उम्मेदवार भने उठेनन् ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?