Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

बस्तीमा आगलागी, चार घर पूर्ण रुपमा नष्ट


२८ चैत्र, बाँके । बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामान्य क्षति भएको छ ।

आगलागीबाट दुईवटा बाख्रा र केही कुखुरा आगोमै जलेर मरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नंं ५ का अध्यक्ष टीकानाथ यादवले बताए । उनका अनुसार दिउँसोदेखि सुरु भएको आगलागी अघि बेलुका नियन्त्रणमा आएको छ । खरानीसँगै फालिएको आगोबाट आगलागी भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाबाट गएको तीनवटा दमकल, प्रहरी र स्थानीयवासीको समूहले आगो नियन्त्रणमा लिइएको थियो । आगलागीले घर पूर्ण रुपमा क्षति भई विस्थापित भएका अग्निपीडितलाई २५ किलो चामल, रहरको दाल पाँच किलो, दुई प्याकेट नुन, खाने तेल पाँच लिटर, आलु १० किलो, बेसार, खुर्सानी एक–एक प्याकेट, त्रिपाल एक–एक थान, भुजा एक प्याकेट र चिनी एक किलो तत्काल राहत पु¥याइएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?