Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बस्तीमा आगलागी, चार घर पूर्ण रुपमा नष्ट


२८ चैत्र, बाँके । बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामान्य क्षति भएको छ ।

आगलागीबाट दुईवटा बाख्रा र केही कुखुरा आगोमै जलेर मरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नंं ५ का अध्यक्ष टीकानाथ यादवले बताए । उनका अनुसार दिउँसोदेखि सुरु भएको आगलागी अघि बेलुका नियन्त्रणमा आएको छ । खरानीसँगै फालिएको आगोबाट आगलागी भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाबाट गएको तीनवटा दमकल, प्रहरी र स्थानीयवासीको समूहले आगो नियन्त्रणमा लिइएको थियो । आगलागीले घर पूर्ण रुपमा क्षति भई विस्थापित भएका अग्निपीडितलाई २५ किलो चामल, रहरको दाल पाँच किलो, दुई प्याकेट नुन, खाने तेल पाँच लिटर, आलु १० किलो, बेसार, खुर्सानी एक–एक प्याकेट, त्रिपाल एक–एक थान, भुजा एक प्याकेट र चिनी एक किलो तत्काल राहत पु¥याइएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?