३२ श्रावण, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि एक्स–रे सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिने केन्द्रमा रहेको एक सय एमए क्षमताको सादा एक्स–रे मेसिन बिग्रिएपछि विगत १२ महिनादेखि सेवा सञ्चालन हुन सकेको थिएन । केन्द्रका निमित्त प्रमुख
३२ श्रावण, कास्की । कास्कीको पोखरास्थित बजारका मध्यभाग भएर बग्ने फिर्के खोलाको सिमाङ्कन अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले गत साउन ३ गतेदेखि सिमाङ्कन गर्न सुरु गरेको थियो । वडानं १७ बैदामस्थित गाईघाटबाट सुरु गरिएको सिमाङ्का वडानं १८ बेँसीटोल पुगेको छ । यस कार्यको
३२ श्रावण, बागलुङ । भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो । बुधबार साँझदेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी
३२ श्रावण, पोखरा । पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२ हजार चार सय ९४ पशुचौपाया निको भएका छन् । लम्पी स्किनबाट प्रदेशमा चार हजार पाँच सय ५४ पशुचौपाया मरेका छन् ।
३२ श्रावण, पोखरा । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको
३२ ,श्रावण ,गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् । गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ । जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनको
३१ ,श्रावण ,म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आज सूचना
३१ ,श्रावण ,कास्की । गण्डकी प्रदेश सरकारले मिर्गौलाका बिरामीका लागि डायलासिस सेवालाई सहज बनाउँदै लगेको छ । अस्पतालको क्षमता विकासका लागि मेसिन, उपकरण र जनशक्ति थप गरी सेवालाई प्रभावकारी बनाउन लागिएको हो । हाल प्रदेशभित्रका नौ सरकारी र छ निजी गरी १५ अस्पताल तथा स्वास्थ्य संस्थामा यो सेवा सञ्चालनमा छ
३१ श्रावण, पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई आज सम्बोधन गर्दै प्रमुख आचार्यले उक्त अभियान सुरु गरेको बताएका हुन्। “पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल
३१ श्रावण, पर्वत । गाउँमा जुवातास, लागुपदार्थ र घरेलु हिंसाका घटना बढ्दै गएपछि पर्वतको जलजला गाउँपालिका–१ ले जुवातास खेल्ने र खेलाउने दुवैलाई जरिवाना तिराउने निर्णय गरेको छ । बाँसखर्कस्थित वडा कार्यालयमा मङ्गलबार बसेको बैठकले जुवातास, मदिरा र लागुपदार्थ नियन्त्रण अभियान चलाउने निर्णय गर्दै जरिवाना रकमसमेत टुङ्गो लगाएको हो । वडाध्यक्ष जकबहादुर