Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

गण्डकी प्रदेशसभा बैठक : बाढीपहिरो पीडितलाई राहत उपलब्घ गराउन माग 


३२ श्रावण, पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यले बाढीपहिरोका प्रकोप एवम् विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले कुश्मीसेरादेखि बरेङसम्मको सडकखण्डमा पहिरोका कारण निर्माण सम्पन्न भइसकेका ठाउँमा पनि थप भत्कने गरेको जनाउँदै ती स्थान संरक्षण गर्नुपर्ने देखिएको बताए ।

ती स्थानको संरक्षणका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्दा अहिले अख्तियारी आइनसेका कारण तत्काल मर्मत गर्न नसकिने जानकारी आएको र तत्काल बाधा अड्काउ फुकाउ गरी गरी उचित प्रबन्ध आवश्यक भएको उनले बताए ।

सदस्य दमयन्ती रुचालले बैंक, वित्तीय संस्था एवम् सहकारीबाट पछिल्ला समयमा व्यवसायी एवम् सर्वसाधारण ऋण असुलीका नाममा मारमा परिरहेको जनाउँदै यसबारे तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् । अर्का सदस्य बेदबहादुर गुरुङले बाढीपहिरोका कारण प्रदेश सरकारबाट सम्पन्न भएका सडक निर्माण सम्पन्न भएर पनि बिग्रने भत्कने गरेको जनाउँदै तिनीहरूको नियमित संरक्षणका लागि प्रदेश सरकारले ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।

अर्का सदस्य विन्दु पौडेलले गण्डकी प्रदेश अन्तर्गतका विभिन्न सहकारीबाट जनताको रकम नदिने गरेको गुनासो आएको जनाउँदै सरकारको ध्यानाकर्षण गराइन् । यसैगरी सदस्य सीताकुमारी सुन्दासले बाढीपहिरोबाट प्रभावित भई घर भत्केर घरबारविहीन नागरिकलाई पालिका, प्रदेश र सङ्घबाट एकमुष्ठ रु चार लाख दिने भनेर कार्यविधिसमेत आइसकेका अवस्थामा पीडित व्यक्तिले उक्त सुविधा नपाउने गरेको बताए । कतिपयले पहिलो किस्ताबापत ७५ हजार पाए पनि निर्माण सम्पन्न भइसक्दा पाउनुपर्ने बाँकी रकम अझै पाउन नसकेको गुनासो आएकोमा सरकारको ध्यानकर्षण गराए ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?