Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

गण्डकी


तनहुँमा विकास बजेट खर्च १७ प्रतिशत

तनहुँ। चालु आर्थिक वर्षमा तनहुँमा विकास बजेट खर्च सन्तोषजनक नभएको पाइएको छ । साउनदेखि माघ मसान्तसम्म सात महिनाको अवधिमा विकास बजेटतर्फ १७ प्रतिशत मात्रै खर्च भएको छ । पुँजीगततर्फ सङ्घीय सरकारमार्फत रु तीन अर्ब ७५ करोड ८२ लाख ७६ हजार आठ सय २९ विनियोजन भएकामा रु ६३ करोड ८८ लाख

बागलुङ कालिका मन्दिरमा सात महिनामा एक करोड ७१ लाख भेटी सङ्कलन

ढोरपाटन,बागलुङ। प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा रु एक करोड ७१ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा रु एक करोड २८ लाख भने खर्च गरेको छ भने सो अवधिमा मन्दिरले रु ४२ लाख बचत गरेको पाइएको छ । मन्दिर व्यवस्थापन

आज गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै

गण्डकी। आज गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै छ । यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलग अलग शुभकामना सन्देश जारी गरेका छन्। उक्त प्रदेश प्रमुख गुरुङद्वारा आज जारी शुभकामना सन्देशमा सङ्घीयताको व्यावहारिक कार्यान्वयन आवश्यक भएकोमा जोड दिैका छन् । सो सन्देशमा उनले

ईभेन्टका लागि पोखरेलीको रोजाईमा ‘द लेकसाइड रिट्रिट’

पोखरा । सुन्दर पर्यटकीय नगरी पोखराको लेकसाईडमा रहेको द लेकसाइड रिट्रिट रिसोर्ट पछिल्लो सयम विभिन्न सेमिनार र पार्टीहरुको गन्तब्य बनेको छ । आइएमइ ग्रुप अन्तर्गत बेस्ट रिसोर्ट नेपाल प्रालिले सञ्चालन गरेको उक्त रिसोर्ट पोखरामा हुने विवाह, ब्रतबन्ध, बर्थ डे र विविध पार्टीहरुको लागि रोजाईमा पर्ने गरेको हो । पोखराको लेकसाईडकै

ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विपन्न बालबालिकालाई सम्मान

डुम्रे,तनहुँ। गाउँ सेवा कोष तनहुँले उदाहरणीय सामाजिक सेवा गर्दै आएको छ । कोषले सामाजिक क्षेत्रमा गरेको योगदानले जिल्लाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न वर्गलाई सहयोग पुगेको छ । त्यस्तै, भीम स्मृति दिवसका अवसरमा गाउँसेवा कोष तनहुँले भानु नगरपालिका–१२ कवाचितस्थित प्रधान कार्यालयमा एक कार्यक्रमका बीच ज्येष्ठ नागरिक, अपाङ्गता भएका

पोखरा महानगरभित्रकै पीडाः वर्षामा एक घण्टा बढी पैदल, हिउँदमा बाँसको फड्के

गण्डकी। पोखरा महानगरपालिका वडा नं २४ बास्कोट र वडा नं २३ चापाकोटलाई भएर बग्ने हर्पन खोला यस क्षेत्रका स्थानीयका लागि ठूलै समस्या बनेको छ । वर्षामा खोलाले गर्ने गरेको कटानका कारण स्थानीय समस्यामा छन् नै त्यस समयमा खेतीपाती गर्नका लागि आवतजावत गर्ने पुल नजिकै नहुँदा एक घण्टाभन्दा बढी हिँड्नुपर्ने विवशता

गण्डकीका ६४ प्रतिशत घरधुरीमा निजी धारा

गण्डकी। गण्डकी प्रदेश सरकारले आगामी दुई वर्षभित्र प्रदेशका सबै घरधुरीमा आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याउने लक्ष्य लिएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार हालसम्म ६४ प्रतिशत घरधुरीमा निजी धारा पुगेको छ । मन्त्रालयका सचिव इन्जिनियर गणेशराज बस्तीले पहिलो प्रदेश सरकार गठन भए यताका छ वर्षमा एक

गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

गोरखा। गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिएका छन् । ‘पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक

बागलुङ नगरपालिकाद्वारा बाँझो जग्गामा फलफूल खेती

गलकोट,बागलुङ। बसाइँरसाइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोगको अभियान थालेको छ । उक्त नगरपालिकाले बाँझो जग्गामा रहेका कुकाठ हटाइ सुक्खा फलफूलखेतीका लागि स्थानीयलाई प्रेरित गर्दै आएको छ । फलस्वरुप नगरपालिकाका तित्याङ, मालिका, सिगाना र रायडाँडालगायतमा ओखर र किबीखेती सुरु गरिएको हो । त्यस्तै, बसाइँसराइलगायतका कारणले

गण्डकीको बीउबिजन विधेयक समितिद्वारा पारित

गण्डकी। गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । त्यस्तै, गत भदौ १५ गते प्रदेश सभामा प्रस्तुत भएको सो विधेयकमाथि दफाबार छलफल गरेपछि परिमार्जनसहित पारित गरिएको समितिका सभापति फणीन्द्र देवकोटाले जानकारी दिएका छन् । ‘किसान, बीउबिजन

सम्वन्धित समाचारहरु