Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

गण्डकी र लुम्बिनीका ज्येष्ठ नागरिकको अन्तर आश्रम भ्रमण


गण्डकी। गण्डकी ज्येष्ठ नागरिक सङ्घसहित कास्की र स्याङ्जा जिल्ला ज्येष्ठ नागरिक सङ्घको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशका २१ जना ज्येष्ठ नागरिकले अन्तर आश्रम भ्रमण गरेका छन् ।

समाजमा ज्येष्ठ नागरिकको अवस्थाको जानकारीसँगै अनुभव आदान प्रदान गर्ने उद्देश्यका साथ अन्तर आश्रम भ्रमण गरिएको गण्डकी ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिएका छन् । त्यसैगरी, ज्येष्ठ नागरिकहरूको समूहले शिव, पार्वती वृद्धाश्रम, रामदी स्याङ्जाका साथै भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायत धार्मिक पर्यटकीय गन्तव्यको भ्रमण समेत गरेको थियो ।

त्यस्तै, शिव, पार्वती वृद्धाश्रम रामदी स्याङ्जामा भएको भेटघाट तथा छलफलमा पोखरा वृद्धाश्रमका अध्यक्ष एवं गण्डकी ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष पराजुलीले असहाय, बेवारिसे ज्येष्ठ नागरिकमात्र नभई अपहेलित र अन्यायमा परेका सबै ज्येष्ठ नागरिकको मानवअधिकारका न्यूनतम आवश्यकता राज्यले पूरा गर्नुपर्ने बताएका छन् भने राज्यका कानुन ज्येष्ठ नागरिकमैत्री बन्नुपर्नेमा जोड दिँदै उहाँले ज्येष्ठ नागरिकले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताए ।

उक्त कार्यक्रममा कास्की ज्येष्ठ नागरिक सङ्घका सचिव भीमप्रसाद सुवेदी, पोखरा वृद्धाश्रमका सल्लाहकार लीलाधर भट्टराई, राजेश श्रेष्ठलगायतले ज्येष्ठ नागरिकका अनुभव नयाँपुस्ताका लागि प्रेरक हुने बताउँदै उनीहरूको सम्मानित जीवनयापनमा राज्यले जोड दिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?