Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे डा.बाबुराम भट्टराईकाे छलफल


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्ग निर्माणमा भएको ढिलाइबारे छलफल गरेका छन्। गोरखामा डा.भट्टराईले मध्यपहाडी लोकमार्ग (नुवाकोट–धादिङ–गोरखा–लमजुङ खण्ड) का प्रमुख ई.नरेन्द्र भट्टसँग लोकमार्ग निर्माणमा भइरहेको ढिलाइबारे गहन छलफल गरेका हुन्।

भट्टसँग डा.भट्टराईले मध्यपहाडी लोकमार्ग गोरखा खण्डको आरूघाट–ओखले, ओखले–निबेल र मसानेठाँटी–ठाँटीपोखरी खण्डमा भइरहेको ढिलाइबारे गम्भीर छलफल भएको बताए। भट्टराईले ती सडकखण्डमा भइरहेको अस्वाभाविक ढिलाइ अन्त्य गरेर छिटो सम्पन्न गर्न आग्रह गरे। छलफलमा गण्डकी प्रदेशसभा सांसद तथा नेसपा नेता फणीन्द्र देवकोटा पनि थिए। डा.भट्टराईले आफू प्रधानमन्त्री हुँदा गौरवको आयोजनाको रूपमा मध्यपहाडी लोकमार्ग घोषणा गरेका थिए।


प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?