Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

‘नमूना पशु अस्पताल’ निर्माणमा विलम्ब


तनहुँ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा निर्माणाधीन ‘नमुना पशु अस्पताल’को निर्माणमा विलम्ब भएको छ । गत पुसमा सम्पन्न गर्नेगरी भएको निर्माण सम्झौता पालना भएको छैन । भवनको काम भने अधुरै छ ।

उक्त निर्माण कम्पनीले ढिलासुस्ती गरेका कारण सम्झौताअनुरुप सम्पन्न गर्न नसकिएको सङ्घीय तथा कार्यान्वयन एकाइ कास्कीका इन्जिनियर शिव सुनारले बताएका छन् । सो भवन निर्माणको जिम्मा इको विल्डर्सले पाएको छ भने भवनको हालसम्म ७० प्रतिशतमात्र प्रगति भएको छ । जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न कम्पनीलाई दबाब दिँदै आएको उनले बताएका छन् ।

गण्डकी प्रदेश सरकारको मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु चार करोड ९० लाखको लागतमा उक्त कम्पनीले ठेक्का सम्झौता गरेको थियो । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै जाने योजनामा प्रदेश सरकार रहेको जनाइएको छ । उक्त अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न रु १० करोड लाग्ने अनुमान रहेको छ ।

त्यसैगरी, दमौलीमा पशु अस्पताल सञ्चालन भएपछि तनहुँका साथै छिमेकी जिल्ला गोरखा, लमजुङ र नवलपरासी आसपासका किसाना लाभान्वित हुनेछन् । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?