Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

पुस्तकालय स्तरोन्नतिका लागि अनुदान


गण्डकी। सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । उक्त प्रदेशका १५ वटा पुस्तकालय छनोट गरी कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गरिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका उपसचिव भोजराज न्यौपानले प्रस्ताव पेस गर्नेमध्ये मापदण्ड पूरा गरेका १५ वटा पुस्तकालय अनुदानका लागि छनोटमा परेको बताएका छन् ।

त्यस्तै, चालु आवमा मन्त्रालयले सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि रु ३० लाख बजेट छुट्याएको उनले जानकारी दिए । “अनुदानका लागि छनोटमा परेका पुस्तकालयले रु एक लाख ७५ हजारका दरले बजेट पाउँछन्”, उपसचिव न्यौपानले भने, “पुस्तकालयले पुस्तक खरिद, फर्निचर, सूचना प्रविधि लगायतमा अनुदान रकम खर्च गर्नुपर्ने प्रावधान छ ।”

उक्त पुस्तकालयलाई सामुदायिक अध्ययन केन्द्रका रुपमा विकास गर्दै भूगोल, इतिहास, कला, साहित्य, संस्कृति, पर्यटनलगायत विषयका पठन सामग्रीको व्यवस्थापनबाट गण्डकी प्रदेशको पहिचानलाई सुदृढ बनाउने उद्देश्य लिइएको उनको भनाइ रहेको थियो । अनदान प्राप्त गर्नेमा कास्कीको दीपशिखा, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा सामुदायिक, बागलुङको विद्यामन्दिर, स्याङ्जाको कालिका, मातृभूमि र अर्जुनचौपारी, लमजुङको जनचेतना र भोटेओडार, मुस्ताङको थाक, म्याग्दीको सामुदायिक, तनहुँको देवघाट, गोरखाको त्रिभुवन, नवलपुरको नवक्षितिज र फूलबारी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र रहेका छन् ।

ती पुस्तकालयले आगामी वैशाख मसान्तभित्र कार्यक्रम गरिसक्ने गरी सम्झौता गरिएको उपसचिव न्यौपानेले बताए। उक्त मन्त्रालयले बर्सेनि प्रदेशभित्रका सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि अनुदान उपलब्ध गराउँदै आएको छ भने सो पुस्तकालय दर्ता, नियमित सञ्चालन, वार्षिक कार्ययोजना, संस्थागत सुशासनलगायतलाई आधार मानेर अनुदानका लागि छनोट गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?