Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

एसएसपी पाण्डेको रङ्गभेदी अभिव्यक्तिप्रति सांसद यादवद्वारा खेद व्यक्त


काठमाडौँ। नेपाली काँग्रेसकी सांसद नागिना यादवले आन्दोलनरत कवाड व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छिन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले कवाड व्यवसायीहरु गत सोमवारदेखि नै सडक आन्दोलनमा रहेपनि सरकारले वार्तामार्फत उनीहरुका माग सम्बोधन नगरेकोप्रति आपत्ति जनाएकी छिन् । सांसद यादवले काठमाडौं महानरपालिका प्रहरी प्रमुख एसएसपी राजु पाण्डले रङ्गभेदी भेदभाव गरेको भन्दै खेद समेत व्यक्त गरिन् । उनले एसएसपी पाण्डेले गोरा मात्रै नेपाली हुन् काला होइनन् भनि दिएको अभिव्यक्ति निन्दनीय रहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘सोमवारदेखि कवाड व्यवसायीहरु सडकमा उत्रिएका छन् । आन्दोलित छन् । उहाँहरुलाई वार्तामा बोलाएर उहाँहरुको मागहरु पुरा गर्न किन पहल गरिएको छैन ? यो पहल गरिदिन हुन म सभामुखमार्फत सरकारलाई आग्रह गर्न चाहन्छु । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुखले नेपाली गोरा मात्रै हुन काला नेपाली होइनन् भनेर कवाडी व्यवसायीहरुलाई भनेको अभिव्यक्ति खेदजनक छ । रङ्गले नेपाली हुने होइन जन्मको आधारमा आफ्नो परिचयले नेपाली हुने हो । त्यसकारण काडमाडौं महानगरका प्रहरी प्रमुखले दिनुभएको अभिव्यक्ति निन्दनीय छ । यस्ता अभिव्यक्तिप्रति उहाँले माफि माग्नुपर्छ ।’

सो अभिव्यक्तिप्रति महानगर प्रहरी प्रमुख पाण्डेले माफी माग्नुपर्ने उनको माग छ ।


प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?