Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

एसएसपी पाण्डेको रङ्गभेदी अभिव्यक्तिप्रति सांसद यादवद्वारा खेद व्यक्त


काठमाडौँ। नेपाली काँग्रेसकी सांसद नागिना यादवले आन्दोलनरत कवाड व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छिन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले कवाड व्यवसायीहरु गत सोमवारदेखि नै सडक आन्दोलनमा रहेपनि सरकारले वार्तामार्फत उनीहरुका माग सम्बोधन नगरेकोप्रति आपत्ति जनाएकी छिन् । सांसद यादवले काठमाडौं महानरपालिका प्रहरी प्रमुख एसएसपी राजु पाण्डले रङ्गभेदी भेदभाव गरेको भन्दै खेद समेत व्यक्त गरिन् । उनले एसएसपी पाण्डेले गोरा मात्रै नेपाली हुन् काला होइनन् भनि दिएको अभिव्यक्ति निन्दनीय रहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘सोमवारदेखि कवाड व्यवसायीहरु सडकमा उत्रिएका छन् । आन्दोलित छन् । उहाँहरुलाई वार्तामा बोलाएर उहाँहरुको मागहरु पुरा गर्न किन पहल गरिएको छैन ? यो पहल गरिदिन हुन म सभामुखमार्फत सरकारलाई आग्रह गर्न चाहन्छु । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुखले नेपाली गोरा मात्रै हुन काला नेपाली होइनन् भनेर कवाडी व्यवसायीहरुलाई भनेको अभिव्यक्ति खेदजनक छ । रङ्गले नेपाली हुने होइन जन्मको आधारमा आफ्नो परिचयले नेपाली हुने हो । त्यसकारण काडमाडौं महानगरका प्रहरी प्रमुखले दिनुभएको अभिव्यक्ति निन्दनीय छ । यस्ता अभिव्यक्तिप्रति उहाँले माफि माग्नुपर्छ ।’

सो अभिव्यक्तिप्रति महानगर प्रहरी प्रमुख पाण्डेले माफी माग्नुपर्ने उनको माग छ ।


प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?