Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

मुलुकलाई चुनौति दिने खालको कुनैपनि आर्थिक अपराध नियन्त्रण गर्न सरकार तत्पर छः अर्थमन्त्री पौडेल


काठमाडौँ। उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई नै चुनौति दिने खालको आर्थिक अपराध नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकसँग सहकार्यका साथ अघि बढ्न तत्पर रहेको बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले मुलुकलाई चुनौति दिने खालका आर्थिक अपराध नियन्त्रण गर्न सरकार विश्वका कुनैपनि मुलुकसँग सहकार्य गरेर अघि बढ्न सक्षम रहेको बताएका छन्। राज्यलाई नै चुनौति दिनसक्ने गरी ठूला र गम्भिर प्रकृतिका आर्थिक अपराधहरु नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने सरकारले प्रयास गर्दै आएको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले त्यस कर्तव्यप्रति सरकार सचेत रहेको बताए । उनले नेपाललाई आर्थिक रुपमा ग्रे लिष्ट पर्न नदिने पनि दोहोर्याएका छन् ।

उपप्रधानमन्त्री पौडेलले भने,‘आर्थिक अपराध नियन्त्रण र सुशासनप्रति मुलुकको कर्तव्य हुन्छ । सम्पत्ति सुद्धीकरण र आतंककारी कार्यमा वित्तिय लगानी नियन्त्रण सम्बन्धि विश्वका साझा प्रयास पनि त्यसैका अभिव्यक्तिहरु हुन् । हाम्रो राज्यलाई नै चुनौति दिन सक्ने गरी ठूला र गम्भिर प्रकृतिका आर्थिक अपराधहरु नियन्त्रण गर्न नेपालका विश्वका सबै मुलुकहरुसँग सहकार्य गर्दै अगाडि बढ्न तत्पर छ । त्यस हिसावको प्रयासहरु छ । यो दुनियाँकै चासो र सरकारको विषय पनि हो भन्ने कुरा म राख्न चाहन्छु ।’

त्यस अवसरमा उपप्रधानमन्त्री पौडेलले नेपालले आर्थिक कठिनाई व्यहोरिरहे पनि समस्यामा पनि जेलिएको अवस्था नभएको पनि बताए ।


प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?