Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

एनआरएनहरुले नेपालको सम्पती बेचेर विदेशमा लैजान हुन्नः पूर्वअध्यक्ष आचार्य


काठमाडौँ। गैरआवसिय नेपाल संघका एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनहरुलाई दोहोरो नागरिकता दिएपछि सम्पती बेचेर लैजाने गरेको आरोप लाग्ने गरेको बताउएका छन् ।

गैरआवासीय नेपाली संघ एआरएनए उच्चस्तरीय समितिले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई नगद तथा जिन्सी सामग्री हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो आरोप लागेपनि एनआरएनहरुलाई नागरिकता दिने हो भने सम्पती बेचेर नजाने स्पष्ट पारे । उनकाअनुसार एनआरएनहरुले अझै पनि सहजै नागरिकता नपाउँदा सम्पती बेचेर जानुपर्ने अवस्था रहेको छ । त्यसको अन्त्यका लागि सरकारले सहजै गैरआवसिय नेपालीहरुलाई नागरिकताको प्रवन्ध गर्नुपर्ने उनले बताए । जन्मुभूमिको माटो बेचेर संसारभर रहेका नेपालीले सम्पती विदेशमा लैजान पनि नहुने आचार्यको भनाइ रहेको छ । उनले विदेशमा रहेका नेपालीहरुले आर्जेको कमाइ नेपालमै लगानी गर्नुपर्ने समेत बताएका छन् ।

पूर्वअध्यक्ष आचार्यले,‘जन्मभूमिको माटो बेचेर विदेशी भूमिमा नलगदिनुस् । हामीले जतिसकिन्छ नेपालमै लगानी गरौँ । देशमा जस्तो अवस्था भएपनि एनआरएनहरुले गरेको लगानी राम्रै भएका छन् । त्यस्तो नराम्रो केही भएको छैन् । मातृभूमिको माटो बेच्नु हुँदैन मेरो सबैमा अनुरोध यही छ ।’

कार्यक्रममा गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिका प्रतिनिधिहरूले संघको आगामी कार्यक्रम र गतिविधि सहज बनाउन आवश्यक सहयोगस्वरूप नगद तथा जिन्सी सामग्री उपलब्ध गराएका थिए ।


प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?