Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

संविधानबारे संसदमा बहस गर्न रास्वपा सांसद गौतमलाई काँग्रेस सांसद थिङको चुनौती


काठमाडौँ। नेपाली काँग्रेसकी सांसद सुशिला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई संविधानबारे संसदमा बहस गर्न चुनौती दिएकी छिन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद थिङले यस्तो चुनौती दिएकी हुन् । सांसद गौतमले केही दिनअघि चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै संविधानबारे ज्ञान नभएकाहरु आफूलाई विधायिका भनेर घमण्ड गर्ने गरेको टिप्पणी गएकी थिइन् । सांसद थिङले संसदलाई बहिस्कार गरेर जाने नभई संसदभित्रै आवश्यक छलफल र बहस गरेर कसको ज्ञान कति भन्ने छिनोफानो गर्नुपर्ने टिप्पणी गरिन् । उनले संसदबाहिर गएर सांसदहरुको अपमान गरेर बोल्ने अधिकार कसले दियो ? भन्दै सांसद गौतमलाई प्रश्न समेत गरिन् ।

उनले भनिन् , ‘यस संविधानमा संसद बहिस्कार गरेर बाहिर जाने होइन । यँही बहस गरौं, छलफल गरौं । कसलाई संविधानसम्बन्धी कति ज्ञान रहेछ नापौं, जोखौँ, छिनोफानो गरौँ । सदनबाहिर गएर फ्याउरो जसरी कराएर सदनमा सांसदहरुको अपमान हुनेगरी बोल्ने अधिकार उहाँ (सोविता गौतम) लाई कसले दियो ? म उहाँलाई प्रश्न गर्न चाहन्छु ।’

उनले आफूहरु बैठक बहिस्कार गर्दै भत्ता बुझिरहेकाहरुले अरुलाई नैतिकताको पाठ सिकाउने कार्य सही नभएको तर्क पनि गरिन् ।


प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?