Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

संविधानबारे संसदमा बहस गर्न रास्वपा सांसद गौतमलाई काँग्रेस सांसद थिङको चुनौती


काठमाडौँ। नेपाली काँग्रेसकी सांसद सुशिला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई संविधानबारे संसदमा बहस गर्न चुनौती दिएकी छिन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद थिङले यस्तो चुनौती दिएकी हुन् । सांसद गौतमले केही दिनअघि चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै संविधानबारे ज्ञान नभएकाहरु आफूलाई विधायिका भनेर घमण्ड गर्ने गरेको टिप्पणी गएकी थिइन् । सांसद थिङले संसदलाई बहिस्कार गरेर जाने नभई संसदभित्रै आवश्यक छलफल र बहस गरेर कसको ज्ञान कति भन्ने छिनोफानो गर्नुपर्ने टिप्पणी गरिन् । उनले संसदबाहिर गएर सांसदहरुको अपमान गरेर बोल्ने अधिकार कसले दियो ? भन्दै सांसद गौतमलाई प्रश्न समेत गरिन् ।

उनले भनिन् , ‘यस संविधानमा संसद बहिस्कार गरेर बाहिर जाने होइन । यँही बहस गरौं, छलफल गरौं । कसलाई संविधानसम्बन्धी कति ज्ञान रहेछ नापौं, जोखौँ, छिनोफानो गरौँ । सदनबाहिर गएर फ्याउरो जसरी कराएर सदनमा सांसदहरुको अपमान हुनेगरी बोल्ने अधिकार उहाँ (सोविता गौतम) लाई कसले दियो ? म उहाँलाई प्रश्न गर्न चाहन्छु ।’

उनले आफूहरु बैठक बहिस्कार गर्दै भत्ता बुझिरहेकाहरुले अरुलाई नैतिकताको पाठ सिकाउने कार्य सही नभएको तर्क पनि गरिन् ।


प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?