Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

भ्रष्ट नेताहरुलाई निर्वाचनमार्फत हटाउन जरुरीः मन्त्री राई


काठमाडौँ। रक्षामन्त्री मानवीर राईले भ्रष्ट नेताहरुलाई निर्वाचनमार्फत हटाउन जरुरी रहेको बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा अशुद्धता भएका मानिसहरु, भ्रष्ट मानिसहरु छन् भने तिनीहरुलाई निर्वाचनको माध्यमबाट फाल्न जरुरी रहेको बताए । उनले गणतन्त्रको विकल्पमा अर्को कुनै राम्रो व्यवस्था नरहेको जिकिर गरेका छन् । उनले गोरखा मिडिया ग्रुपबाट हटिसकेपछि पनि बैंकको चेकमा हस्ताक्षर गरेर रवि लामिछानेले पैसा उठाएको बताए । उनले कानूनअनुसार कारबाही गर्दा प्रतिशोध साँध्यो भन्ने गरिएको बताएका छन् ।

मन्त्री राईले भने, ‘पार्टीमा अशुद्धता भएका मानिसहरु, भ्रष्ट मानिसहरु हरेक पार्टीमा छन् भने त्यसलाई फाल्न जरुरी छ । त्यसलाई निर्वाचनमा हराउन जरुरी छ । तर यो बहुदलीय व्यवस्था गणतन्त्रको विकल्पमा कोही अर्को उत्तम व्यवस्था हुन सक्दैन । प्रतिशोधको नारा छ । बौद्धिक जमात बोल्ने समय फेर आयो । जान्नेलाई छान्ने अरे । बैंकको चेकमा सही गर्नेकुरा रवि लामिछाने जत्तिको मान्छेलाई कसैले जबरजस्ती सही गरिदिएको हो र ? गोरखा मिडिया ग्रुपबाट हटिसकेपछि पनि चेकहरु काटिएका छन् । अनि प्रतिशोध यो सरकारले साँध्यो । प्रतिशोधन साँध्यो भने अहिले मुद्दा चलिरहेका काँग्रेसका नेता, हाम्रै माननीय टोपबहादुर रायमाझी के नि ? संसदमा कुरा उठ्यो, छानविन भएर अघि बढेको प्रक्रिया हो ।’

मन्त्री राईले अहिलेको व्यवस्थामा नै आदिवासी, जनजातिहरुले चाहेका कुराहरु प्राप्त गर्न सकिने बताएका छन् ।


प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?