Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

भ्रष्ट नेताहरुलाई निर्वाचनमार्फत हटाउन जरुरीः मन्त्री राई


काठमाडौँ। रक्षामन्त्री मानवीर राईले भ्रष्ट नेताहरुलाई निर्वाचनमार्फत हटाउन जरुरी रहेको बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा अशुद्धता भएका मानिसहरु, भ्रष्ट मानिसहरु छन् भने तिनीहरुलाई निर्वाचनको माध्यमबाट फाल्न जरुरी रहेको बताए । उनले गणतन्त्रको विकल्पमा अर्को कुनै राम्रो व्यवस्था नरहेको जिकिर गरेका छन् । उनले गोरखा मिडिया ग्रुपबाट हटिसकेपछि पनि बैंकको चेकमा हस्ताक्षर गरेर रवि लामिछानेले पैसा उठाएको बताए । उनले कानूनअनुसार कारबाही गर्दा प्रतिशोध साँध्यो भन्ने गरिएको बताएका छन् ।

मन्त्री राईले भने, ‘पार्टीमा अशुद्धता भएका मानिसहरु, भ्रष्ट मानिसहरु हरेक पार्टीमा छन् भने त्यसलाई फाल्न जरुरी छ । त्यसलाई निर्वाचनमा हराउन जरुरी छ । तर यो बहुदलीय व्यवस्था गणतन्त्रको विकल्पमा कोही अर्को उत्तम व्यवस्था हुन सक्दैन । प्रतिशोधको नारा छ । बौद्धिक जमात बोल्ने समय फेर आयो । जान्नेलाई छान्ने अरे । बैंकको चेकमा सही गर्नेकुरा रवि लामिछाने जत्तिको मान्छेलाई कसैले जबरजस्ती सही गरिदिएको हो र ? गोरखा मिडिया ग्रुपबाट हटिसकेपछि पनि चेकहरु काटिएका छन् । अनि प्रतिशोध यो सरकारले साँध्यो । प्रतिशोधन साँध्यो भने अहिले मुद्दा चलिरहेका काँग्रेसका नेता, हाम्रै माननीय टोपबहादुर रायमाझी के नि ? संसदमा कुरा उठ्यो, छानविन भएर अघि बढेको प्रक्रिया हो ।’

मन्त्री राईले अहिलेको व्यवस्थामा नै आदिवासी, जनजातिहरुले चाहेका कुराहरु प्राप्त गर्न सकिने बताएका छन् ।


प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?