Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सरकारले उखु कृषकलाई संरक्षण गर्नै चाहेनः वर्षमान पुन


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले कृषकलाई संरक्षण गर्न नचाहेको बताएका छन ।

उखु किसानले गत वर्षको बक्यौता अनुदान उपलब्ध गराउन माग गरिरहेका बेला उनले सरकारसँग स्वदेशी उद्योग र कृषकहरुलाई संरक्षण गर्ने दृष्टिकोण नै नभएको आरोप लगाएका छन् । शुक्रवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपमहासचिव पुनले तत्काल उनीहरुलाई त्यो अनुदान रकम उपलब्ध गराउन पनि सरकारलाई दबाब दिएका छन् । उनले सरकारसँग उखु किसानको वक्यौता रकम उपलब्ध गराउन पर्याप्त बजेट भएको जिकिर समेत गरे ।

उपमहासचिव पुनले भने, ‘अर्थ मन्त्रालयमा पैसा छ । किसानहरुलाई विगतमा दिइएको कम्तिमा पनि प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान हो, त्यो दिइनु पर्छ । अर्थ मन्त्रालयमा पैसा भएर त बजेटका कुरा आएका छन । झन्डै १९ खर्व, २० खर्व जतिको बजेट छ । त्यसो गर्दा प्राथमिकता नभएको हो । अर्थ मन्त्रालय र सरकारसँग के लाई प्राथमिकता दिने ? भन्ने छैन । किसानलाई सरकारले प्राथमिकता दिएन । हाम्रो आफ्नै उत्पादनलाई प्राथमिकता दिएन । र हामीले भन्दै आएको कुरा के हो भने हाम्रो कृषि उपजलाई संरक्षण गर्नु पर्छ । हाम्रो देशको उद्योग, व्यवसायलाई संरक्षण गर्नु पर्छ भन्ने हो । सरकारको त्यो दृष्टिकोण छैन । किनभने विदेशबाट चिनी आए भइहाल्यो । विदेशबाट सामान ल्याय भईहाल्यो । यहाँ कुनै किसान र उद्योगीलाई संरक्षण गर्नु पर्दैन । यो सरकारको दृष्टिकोण हो सरकारको । त्यसैले यो सरकारको ध्यान यहाँको किसानको संरक्षण गर्नेमा हाम्रो कृषि उपजको संरक्षण गर्नेमा छैन । मूल कुरो त्यो हो । सरकारको ध्यान जाओस कि यो किसानहरुको माग पूरा होस । उखु किसानहरुले राहत पाउनु पर्छ । अनुदान पाउनुपर्छ । यस संरक्षण गर्नुपर्छ ।’

उपमहासचिव पुनले उखु किसानको माग तत्काल पुरा गर्न पनि सरकारलाई सचेत गराएका छन् ।


प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?