Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

प्रतिपक्षी दलहरुले आफ्नो राजनीतिक रोटी सेक्न सरकारबारे जनता भ्रम फैल्याएः एमाले सांसद गिरी


काठमाडौँ। नेकपा (एमाले)का सांसद पदम गिरिले प्रतिपक्षी दलहरुले सरकारको गरिरहेको काम कारबाहीको बारेमा जनता भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो आरोप लगाएका हुन् ।सरकारका कामलाई लिएर सिर्जनात्मक आलोचना गर्न कसैलाई नरोकिएको भएपनि संसद र सामाजिक सञ्जालमार्फत सरकारप्रति जनतामा अनावश्यक भ्रम छर्ने कार्य भइरहेको भन्दै उनले आपत्ति जनाएका छन् । उनले सरकारले बिग्रिएको अर्थतन्त्र सही दिशामा अगाडि बढाइरहेको जिकिर गरे। तथ्य र तथ्यांकमा टेकेर नभई सरकारले देश नै लुटिसक्यो जस्तो आफ्नो राजनीिितक रोटी सेक्नेगरी भ्रम छर्ने कार्य बन्द गर्न चेतावनी समेत दिएका छन् ।

उनले भने, ‘अहिले संसदभित्र मात्र होइन संसदबाहिर सामाजिक सञ्जालमा पनि सरकारले गरेका कामहरुलाई लिएर सिर्जनात्मक आलोचना गर्न कसैलाई रोकिएको छैन । सरकारले गरेका कमि कमजोरीहरुलाई औंल्याउनका निम्ति, सरकारलाई खबरदारी गर्नका निम्ति, सरकारले बाटो बिराएको छ भने ठिक ढंगले बाटो देखाउनका निम्ति प्रतिपक्षी दलहरुले खबरदारी गर्नैपर्छ । लोकतन्त्रको सौन्दर्य भनेको त्यही हो । तर यहाँ तथ्य र तर्कसंगत रुपमा होइन । आग्रहको आधारमा आफ्नो स्वार्थको रोटि सेक्नका निम्ति सरकारले सारा लुटिसक्यो, देशमा लुट मच्चिएको छ । भ्रष्टाचार र अनियमितता मौलाएको छ । वास्तवमा भन्ने हो भने देश बर्बाद भएको जस्तो किसिमले जनता भ्रमहरु सिर्जना गरिँदै छ । आर्थिक वर्ष २०८१/८२ का आर्थिक परिसूचकहरु कसरी आए ? त्यसको रिपोर्ट के छ ? हाम्रो तथ्यांक त त्यही होला नि । त्यसमा उभिएर हेर्नुुपर्ये लुट मच्चिएको छ कि बिग्रिएको अर्थतन्त्र सही बाटोमा फर्किएको छ भन्ने कुरा हेर्न ?’

उनले आर्थिक वर्ष २०८१/८२को आर्थिक परिसूचक हेर्न समेत प्रतिपक्षी दलहरुलाई आग्रह गरेका छन्।


प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?