Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

प्रतिपक्षी दलहरुले आफ्नो राजनीतिक रोटी सेक्न सरकारबारे जनता भ्रम फैल्याएः एमाले सांसद गिरी


काठमाडौँ। नेकपा (एमाले)का सांसद पदम गिरिले प्रतिपक्षी दलहरुले सरकारको गरिरहेको काम कारबाहीको बारेमा जनता भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो आरोप लगाएका हुन् ।सरकारका कामलाई लिएर सिर्जनात्मक आलोचना गर्न कसैलाई नरोकिएको भएपनि संसद र सामाजिक सञ्जालमार्फत सरकारप्रति जनतामा अनावश्यक भ्रम छर्ने कार्य भइरहेको भन्दै उनले आपत्ति जनाएका छन् । उनले सरकारले बिग्रिएको अर्थतन्त्र सही दिशामा अगाडि बढाइरहेको जिकिर गरे। तथ्य र तथ्यांकमा टेकेर नभई सरकारले देश नै लुटिसक्यो जस्तो आफ्नो राजनीिितक रोटी सेक्नेगरी भ्रम छर्ने कार्य बन्द गर्न चेतावनी समेत दिएका छन् ।

उनले भने, ‘अहिले संसदभित्र मात्र होइन संसदबाहिर सामाजिक सञ्जालमा पनि सरकारले गरेका कामहरुलाई लिएर सिर्जनात्मक आलोचना गर्न कसैलाई रोकिएको छैन । सरकारले गरेका कमि कमजोरीहरुलाई औंल्याउनका निम्ति, सरकारलाई खबरदारी गर्नका निम्ति, सरकारले बाटो बिराएको छ भने ठिक ढंगले बाटो देखाउनका निम्ति प्रतिपक्षी दलहरुले खबरदारी गर्नैपर्छ । लोकतन्त्रको सौन्दर्य भनेको त्यही हो । तर यहाँ तथ्य र तर्कसंगत रुपमा होइन । आग्रहको आधारमा आफ्नो स्वार्थको रोटि सेक्नका निम्ति सरकारले सारा लुटिसक्यो, देशमा लुट मच्चिएको छ । भ्रष्टाचार र अनियमितता मौलाएको छ । वास्तवमा भन्ने हो भने देश बर्बाद भएको जस्तो किसिमले जनता भ्रमहरु सिर्जना गरिँदै छ । आर्थिक वर्ष २०८१/८२ का आर्थिक परिसूचकहरु कसरी आए ? त्यसको रिपोर्ट के छ ? हाम्रो तथ्यांक त त्यही होला नि । त्यसमा उभिएर हेर्नुुपर्ये लुट मच्चिएको छ कि बिग्रिएको अर्थतन्त्र सही बाटोमा फर्किएको छ भन्ने कुरा हेर्न ?’

उनले आर्थिक वर्ष २०८१/८२को आर्थिक परिसूचक हेर्न समेत प्रतिपक्षी दलहरुलाई आग्रह गरेका छन्।


प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?