Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

लमजुङका भूकम्पपीडित विपन्न नयाँ घरमा


लमजुङ। आफू बस्दै आएको घर दुई वर्षअघिको भूकम्पले ध्वस्त बनाइदिएपछि मर्स्याङ्दी गाउँपालिका-९ का ७८ वर्षीय बाबुराम कामीको शिरमाथिको छानो आकाश बनेको छ ।

अति दुःख गरेर बनाएको एउटा घर भूकम्पमा भत्काइदिएपछि सम्हालिन नसक्ने गरी मन कुँडियो । ‘जहाँ गहिरो, त्यही पहिरो’ भनेझैँ उनीमाथि एकपछि अर्को समस्या थपिँदै गयो । उनले भने, ‘दुःखीको भरोसा भगवान् हुन्छन् भनेर सहँदै गएँ, मैले हिम्मत हारिनँ । त्यस्तै, प्यारालाइसिसले हातखुट्टा राम्रोसँग नचल्ने र अलिअलिमात्र बोल्ने उनी र उनकी श्रीमती भूकम्पले भत्किएको घरमै जोखिम मोलेर बस्दै आएको थियो, तर अहिले परिस्थिति परिवर्तन भएको छ । दुई छाक खान वृद्धाभत्ताको सहारा लिँदै आएका उनका लागि यतिबेला नयाँ घर पुनः निर्माण भएर चाबी पाएसँगै मुहारमा खुसी छाएको छ ।

त्यस्तै, मर्स्याङ्दी गाउँपालिका-९, ८, ३ वडाका आर्थिक अवस्था कमजोर भएका बाबुरामजस्तै धेरै भूकम्प प्रभावितको मुहार उज्यालो भएको छ । उनका छिमेकीले पनि टहरोमा कष्टकर र डरैडरमा रात कटाउँदै आएकामा अहिले नयाँ घर पाएपछि खुसी लागेको बताएका छन् । भूकम्पपीडित तिलकबहादुर भण्डारी, गोमे कामी, टीकामाया भण्डारीलगायत विपन्न वर्गले घरसँगै जीविकोपार्जनका लागि सहयोग मिल्दा आफूहरूलाई धेरै सहज भएको बताएका छन् ।

लमजुङमा क्रियाशील ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) र क्याथोलिक रिलिफ सर्भिस ९सीआरएस०को साझेदारीमा लमजुङ पुनर्लाभ परियोजनाअन्तर्गत निजी आवास पुनः निर्माण गरी गत आइतबार मर्स्याङ्दीका १७ भूकम्पपीडितको घर पुनः निर्माण गरेर उनीहरूलाई हस्तान्तरण गरिएको छ ।

त्यसैगरी, चालु आर्थिक वर्षमा निर्माण सकेको १७ घरका लागि आरसिडिसी सीआरएसले रु ९२ लाख ५३ हजार ४६ लगानी गरेको आरसिडिसीका अध्यक्ष राजेन्द्र बोहराले बताए । उनका अनुसार उक्त रकमबाट मर्स्याङ्दी गाउँपालिका–९ मा १३, ८ मा तीन घर र वडा नं ३ मा एक घर पुनः निर्माण गरिएको छ ।

उक्त परियोजना हेर्ने इन्जिनियर रवि थापाका अनुसार जस्तापाताको छाना भएको दुईकोठे घर र शौचालय निर्माण गरिएको छ भने खानेपानी धारा घरघरमै लगिएको छ । निजी आवास पुनः निर्माणका लागि आरसिडिसी र सीआरएसले प्रतिघर रु पाँच लाख ४५ हजार तीन सय ४९ का दरले लगानी भएको छ । साथै उक्त सङ्ख्यामध्ये १५ लाभग्राहीलाई जीविकोपार्जनका लागि रु १५ हजारका दरले सहयोग गरेको छ ।

त्यस्तै सो गाउँपालिका–९ ढाँडमा कृषि उब्जाउका लागि ढाँड सिँचाइ परियोजनाअन्तर्गत आरसिडिसी र सीआरएसले रु १३ लाख ४९ हजार तीन सय २३ बराबरको छ सय मिटर लामो सिँचाइ योजनासमेत निर्माण गरेको आरसिडिसीका अध्यक्ष बोहोराले बताए । उनका अनुसार यसबाट १६ घरधुरीका बासिन्दा लाभान्वित हुनेछन् । विसं २०७८ जेठ ५ गते बिहान मर्स्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रबिन्दु भएर पाँच दशमलव आठ रिक्टर स्केलको भूकम्प भएको थियो । भैँचालोबाट लमजुङका दुई हजार दुई सय घरमा क्षति भएको थियो ।

मर्स्याङ्दी गाउँपालिकाले विपन्नका ३० घर पुनः निर्माणका लागि सिफारिस गरेकामा आरसीडिसी सीआरएसले गत वर्ष नौ घर र यो वर्ष १७ घर गरी २६ घर पुनः निर्माण सम्पन्न गरेको छ भने बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका गरी ५० घर पुनः निर्माणको जिम्मेवारी यी संस्थाले लिएका छन् ।

सीआरएसका जिल्ला संयोजक कृष्णदेव जोशीले २०७२ वैशाख १२ गतेको भूकम्पपछि नेपालमा सिआरएस सक्रिय भएको र यो संस्थाको सहयोगमा हालसम्म ३२ हजार निजी आवास पुनः निर्माण गरिएको बताए । उनका अनुसार लमजुङका तीन सय ५० परिवारलाई प्रत्यक्ष लाभ हुनेगरी सहयोगका कार्यक्रम सञ्चालन गरिएका छन् ।

 


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?