Trending
>>   प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवाः चीन हाम्रो मित्र राष्ट्र हो >>   आसन्न चीन भ्रमणबारे सरोकारवालाहरुसँग छलफलमा प्रधानमन्त्री >>   सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली >>   एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी >>   महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन >>   एनपिएलको ट्रफी अनावरण (फोटो फिचर) >>   रोमानियाको राष्ट्रपति चुनावमा वर्तमान प्रधानमन्त्रीको नेतृत्व >>   कोप २९ विश्वव्यापी जलवायु सम्झौता प्याकेजमा पुग्यो >>   प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग आसन्न चीन भ्रमणबारे छलफल गर्दै >>   यी दुई प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

गण्डकी


सेती नदीको वैज्ञानिक सिमाङ्कन गर्न माग

३० जेठ, पोखरा । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखबाट उत्पत्ति भएर पोखराको मध्यभाग भएर बग्ने सेती नदीको वैज्ञानिक सिमाङ्कनको माग गरिएको छ । नदीको सिमाङ्कन नहुँदा नदी दोहन बढेको भन्दै सेती नदी संरक्षण अभियानले स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो । सेती नदीको संरक्षणको काम गर्ने उद्देश्यसहित हालै जिल्ला प्रशासन कार्यालय कास्कीमा

तनहुँमा जग्गाको नापजाँच अगाडि बढ्यो

३० जेष्ठ ,दमौली । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि तनहुँमा जग्गा नापजाँचको काम अगाडि बढेको छ । राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो । आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार शुक्लागण्डकी नगरपालिका–३, ८ र ९ मा जग्गाको

म्याग्दीमा ‘दीर्घरोगीका घर घरमा अध्यक्ष’ कार्यक्रम

३० जेष्ठ ,गलेश्वर । म्याग्दीको धवलागिरि गाउँपालिकाले ‘दीर्घरोगीको घर–घरमा अध्यक्ष’ कार्यक्रम सुरु गरेको छ । दीर्घरोगीको अवस्था पहिचान र उनीहरूको औषधोपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । भौगोलिकरूपमा अत्यन्त विकट रहेको धवलागिरि–१ स्थित गुर्जाबाट गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर पुनले सो अभियानको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले दीर्घरोगीलाई घरदैलोमै

नमूना सदरमुकाम निर्माण गर्न अलमल

३० जेष्ठ ,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम सुरु गर्ने विषयमा अन्योलता बढ्दै गएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी अघि बढाइएको योजना सुरु गर्ने विषयमा नै अहिले

अन्नपूर्ण आधार शिविरमा पर्यटकीय सम्भावनाको खोजी

२९ जेठ, म्याग्दी । बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रा गरेर फर्किएका छन् । बेलायतमा माउन्टेन किङडम्स युके सञ्चालन गरेका बेरीले नेपालमा ३५ वर्षदेखि पर्यटक पठाउँदै आएको छ । नर्थ अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन सम्भावनाको खोजी गर्दै बेरी नेतृत्वको टोलीले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि

८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको कसुरमा १२ वर्ष कैद

२९ जेठ, बागलुङ । आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश दिएको छ । अप्राकृतिक मैथुन गरेको पुष्टी गर्र्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले सो कैदसँगै रु ४० हजार जरिवानासमेत भराउन आदेश

पानी माग्न भ्यागुताको बिहे

२९ जेठ, स्याङ्जा । असार लाग्न थाल्यो । किसानहरू मानो खाएर मुरी उब्जाउने कार्यका लागि खेतबारीमा हुने बेला हो । खेतमा धान रोप्न र बारीमा कोदो रोप्न बीउ राख्ने बेलामा लामो समय खडेरी परेको छ । केही किसानले धान तथा कोदोको बीउ राखिसकेका छन् । केहीले पानीकै अभावका कारण अझै पनि

गाउँपालिकालाई बालमैत्री पालिका बनाउने अभियान

२९ जेठ, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्नका लागि गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी ५१ सूचकलाई पूरा गर्न आवश्यक तयारी सुरु गरिएको हो । सामाजिक विकास कार्यालयको आयोजना, गाउँपालिकाको

गण्डकीमा बजेटको अन्तिम तयारी

२९ जेठ, पोखरा । आन्तरिक स्रोत र सङ्घ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आव २०८०/८१ को बजेटको आकार घट्ने भएको छ । चालु आवमा रु ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याइएकामा आगामी आवका लागि रु ३३ अर्बको हाराहारीमा बजेट आउने अनुमान छ । सङ्घ सरकारले पठाएको

‘लम्पी स्किन’विरुद्ध पशुलाई खोप लगाउन थालियो

२९ जेष्ठ ,दमौली । तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालेको हो । पछिल्लो समय जिल्लाभर सो रोग फैलिएपछि गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाउने कार्य सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय

सम्वन्धित समाचारहरु