Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

किसानलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण


३२ जेठ, तनहुँ । बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउन ३० बन्दुक निःशुल्क वितरण गरेको छ। गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो।

ठूलो आवाज आउने भएकाले अन्य उपकरणको तुलनामा बाँदर धपाउन यो उपकरण निकै प्रभावकारी रहेको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए।

पहिलो चरणमा अत्यधिक मात्रामा बाँदरले दुःख दिएका क्षेत्रका किसानलाई प्राथमिकता दिंदै आएको गाउँपालिकाले जनाएको छ। बाँदरले क्षति नगर्ने किसिमका वैकल्पिक खेतीतर्फ अग्रसर बन्न गाउँपालिकाले हाैस्याउँदै आएको उनले बताए।

खेतबारीमा लगाइएको अन्नबाली र तरकारी बाली नष्ट गर्न थालेपछि किसानले गाउँपालिकासँग बाँदर धपाउने उपकरण माग गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए।

कृषकका मागलाई सम्बोधन गर्न गाउँपालिका कार्यालयले एक लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए। कृषि ज्ञान केन्द्रले बाँदरले हैरान दिएका क्षेत्रमा वैकल्पिक खेतीका रूपमा बेसार र अदुवा लगायतका खेती लगाउन कृषकलाई आग्रह गरेको छ।

बाँदरले हैरान बनाएपछि व्यास नगरपालिका-८ र १३ वडामा करिब दुई सय रोपनी क्षेत्रफलमा परीक्षणका रूपमा व्यावसायिक तरीकाले बेसारखेती गर्न थालिएको छ। कार्यालयले दुई वडाका लागि सात लाख रुपैयाँ अनुदान प्रदान गरिसकेको वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले बताए। ‘हामीले पैसा दिएका छौं’ कृषकले बीउबिजन र आवश्यक पर्ने औजार खरिद गरेका छन्’, उनले भने।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?