Trending
>>   बालेन क्याबिनेटको चित्र स्पष्ट: कुन मन्त्रालय कसलाई ? >>   बालेन शाह प्रधानमन्त्री बनेपछि डा. बाबुराम भट्टराईको शुभकामना >>   बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त >>   श्रद्धा, भक्ति र उल्लासपूर्ण रूपमा राम नवमी मनाइँदै >>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

किसानलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण


३२ जेठ, तनहुँ । बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउन ३० बन्दुक निःशुल्क वितरण गरेको छ। गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो।

ठूलो आवाज आउने भएकाले अन्य उपकरणको तुलनामा बाँदर धपाउन यो उपकरण निकै प्रभावकारी रहेको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए।

पहिलो चरणमा अत्यधिक मात्रामा बाँदरले दुःख दिएका क्षेत्रका किसानलाई प्राथमिकता दिंदै आएको गाउँपालिकाले जनाएको छ। बाँदरले क्षति नगर्ने किसिमका वैकल्पिक खेतीतर्फ अग्रसर बन्न गाउँपालिकाले हाैस्याउँदै आएको उनले बताए।

खेतबारीमा लगाइएको अन्नबाली र तरकारी बाली नष्ट गर्न थालेपछि किसानले गाउँपालिकासँग बाँदर धपाउने उपकरण माग गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए।

कृषकका मागलाई सम्बोधन गर्न गाउँपालिका कार्यालयले एक लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए। कृषि ज्ञान केन्द्रले बाँदरले हैरान दिएका क्षेत्रमा वैकल्पिक खेतीका रूपमा बेसार र अदुवा लगायतका खेती लगाउन कृषकलाई आग्रह गरेको छ।

बाँदरले हैरान बनाएपछि व्यास नगरपालिका-८ र १३ वडामा करिब दुई सय रोपनी क्षेत्रफलमा परीक्षणका रूपमा व्यावसायिक तरीकाले बेसारखेती गर्न थालिएको छ। कार्यालयले दुई वडाका लागि सात लाख रुपैयाँ अनुदान प्रदान गरिसकेको वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले बताए। ‘हामीले पैसा दिएका छौं’ कृषकले बीउबिजन र आवश्यक पर्ने औजार खरिद गरेका छन्’, उनले भने।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?