Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

खडेरीले कृषि बालीमा असर


३२ जेष्ठ ,रामपुर (पाल्पा) । लामो समयसम्म परेको खडेरीले कृषि बालीमा असर पुगेको छ । आकाशे पानी नपरेपछि खेतबारी तथा करेसाबारीमा लगाइएका अन्नबाली तथा तरकारी सप्रन पाएका छैनन् ।

मकै, तरकारी, फलफूल खेती सिँचाइ अभावले सुक्न थालेका छन् । मकै खेतीले हराभरा हुने खेतबारी यतिबेला सुक्खा बनेका छन् । विगतका वर्षमा यस समय खेतमा लगाइएको मकै स्याहार्ने चटारो हुने गरेकोमा यस पटक खेतमै घुँघा नलाग्दै सुकेर नष्ट भएको पाल्पाको रामपुरकी कृषक राधिका भण्डारीले बताईन् । “अघिल्ला वर्षमा खेतमा लगाइएको मकै पाकेर स्याहार्ने चटारो हुन्थ्यो, खडेरीले अहिले त एउटा घोँगा पनि मकै स्याहार्न पाइएन, किसानलाई खेती गरेर खान पनि समस्या छ”, उनले गुनासो पोखिन् ।

खेतमा लगाइएको मकैले वर्ष दिनसम्म भैसीलाई आहार व्यवस्थापनका लागि सजिलो हुने गरेकोमा यस पटक उत्पादन स्याहार्न नपाउँदा बजारबाट खरिद गरेर पशुपालन गर्ने अवस्था सिर्जना भएको उनको भनाई छ । जेठको अन्तिम सातादेखि यस क्षेत्रमा खेतमा पाकेका मकै स्याहार्ने कामले किसान व्यस्त रहन्थे । हिजोआज किसानको दिन फुर्सदिलो बनेको छ ।

सिँचाइ सुविधा भएका खेतबारीमा पनि आकाशे पानीको अभावले राम्रोसँग मकै सप्रन सकेको छैन । पानीका मूल खडेरीले सुक्दै जान थालेपछि सिँचाइ सुविधा पुगेका जमिन सुक्खा बनेका छन् । लामो समय खडेरीले खोला, नदीनालाका मूल, कुवाका पानी सुक्न थालेपछि कुलो तथा नहरबाट सिँचाइका लगिएका पानी खेतको मुहानमा पुग्नै समस्या रहेको बताउछन्, अगुवा कृषक घनश्याम देवकोटा ।

उनि भन्छन्, “नहर, कुलोको पानी खेतको मुहानमा पुर्याउन सकिएको छैन, तरकारी खेतीमा खानेपानी आयोजनाको पानी बिहान साँझ बोकेर राख्ने हो, दिनभर चर्को घामले पानी राखे नराखेको केही फरक छैन ।” देवकोटाले लामो समयदेखि व्यावसायिकरुपमा तरकारी खेती गरिरहेका छन् । करिव पाँचदेखि सात रोपनीमा उनले विभिन्न जातका तरकारी लगाउछन् । प्रयाप्त सिँचाइ दिन नपाउँदा बोटमा नै तरकारी ओइलाउन थालेको उनि बताउछन् ।

खडेरीले मकैबाली तथा तरकारी खेतीमा नराम्रो असर गरेपछि यस पटक मकैबाली उत्पादन घट्ने रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । उनका अनुसार रामपुरका सिँचाइको पर्याप्त सुविधा भएका केही ठाउँमा लगाइएको मकै आकाशे पानीको अभावले राम्रोसँग सप्रन सकेका छैनन् । घोका लागेका केही मकैमा किरा लाग्नेजस्ता समस्या देखिएको छ भने दाना पनि त्यति राम्रोसँग नलागेको किसान बताउँछन् । दुःख गरेर लगाएको बाली स्याहार्न नपाई खडेरीले खेतबारीमै विलिन हुँदा किसान मारमा परेका छन् । खेतबारी खनजोत, मकै गोडमेल, मलजलका लागि गरेको लगानी खेर गएकोमा किसान चिन्तित बनेका छन् ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?