Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

फेसबुकबाट प्रेममा परेर विहे, दुई महिना नबित्दै श्रीमतीको हत्या


३२ जेठ, तनहुँ । सामाजिक सञ्जालबाट प्रेममा परेर विवाह गरेको दुई महिना नबित्दै एक महिलाको हत्या भएको छ । श्रीमतीको हत्या आरोपमा प्रहरीले श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमतीको हत्या गरेको आरोपमा भानु नगरपालिका वडा नं. ५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका–४ दमौलीमा डेरा गरी बस्ने २१ वर्षीय मनोज बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । २२ वर्षीया रङ्गिला भुजेललाई हत्या गरी फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले बताए ।

मङ्गलबार दिउँसो श्रीमतीको हत्या गरी बोरामा पोको पारी फालेको अनुसन्धान गर्ने क्रममा खुलेको प्रनाउ विष्टले जानकारी दिए । विष्टका अनुसार नगरपालिका–४ गुरुङ चियानडाँडास्थित सुवर्ण मार्ग कच्ची सडकको कुनामा रहेको ढलको पानी निकासका लागि बिछ्याइएको ह्युम पाइपमा प्लास्टिकको बोरा भित्र सडिगली दुर्गन्धित भएको अवस्थामा भुजेलको शव फेला परेको थियो ।

प्रनाउ विष्टले भने, ‘‘भुजेललाई उक्त स्थानमा लागि फाल्ने निजकै श्रीमान रहेको रहस्य खुलेको छ । अभियुक्तले हत्या गरेको स्वीकार गरेका छन् ।’’

मङ्गलबार राति ९ बजेर ४५ मिनेटमा व्यास नगरपालिका–३ तरकारी लाईन, दमौलीमा फेला पारी प्रारम्भिक अनुसन्धान गर्दा श्रीमतीको हत्या गरी ह्युम पाईपमा लगी फालेको भनी बताएको प्रहरीले बुधबार पत्रकार सम्मेलनमा गरी जानकारी दिएको छ ।

तनहुँ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा पाँचको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जालमार्फत् प्रेम बसेपछि दुई महिना अघि वैशाख १ गते विष्टले भुजेलसँग प्रेम विवाह गरेका थिए ।

श्रीमतीले दुई वटा सिम लिई अर्को केटासँग पनि बोल्ने गरेको भनि झगडा परेपछि हत्या गरेको अभियुक्तले बताएको प्रनाउ विष्टले जानकारी दिए ।

सोमबार माईतीपक्षले हराएको खोजी गरिपाउँ भनि फोटोसहित प्रहरीमा निववेदन दिएको र शङ्का गरी मृतकको बुबालाई बोलाएर शव देखाउँदा छोरी भनि बताएपछि शव सनाखत भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?