Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

फेसबुकबाट प्रेममा परेर विहे, दुई महिना नबित्दै श्रीमतीको हत्या


३२ जेठ, तनहुँ । सामाजिक सञ्जालबाट प्रेममा परेर विवाह गरेको दुई महिना नबित्दै एक महिलाको हत्या भएको छ । श्रीमतीको हत्या आरोपमा प्रहरीले श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमतीको हत्या गरेको आरोपमा भानु नगरपालिका वडा नं. ५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका–४ दमौलीमा डेरा गरी बस्ने २१ वर्षीय मनोज बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । २२ वर्षीया रङ्गिला भुजेललाई हत्या गरी फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले बताए ।

मङ्गलबार दिउँसो श्रीमतीको हत्या गरी बोरामा पोको पारी फालेको अनुसन्धान गर्ने क्रममा खुलेको प्रनाउ विष्टले जानकारी दिए । विष्टका अनुसार नगरपालिका–४ गुरुङ चियानडाँडास्थित सुवर्ण मार्ग कच्ची सडकको कुनामा रहेको ढलको पानी निकासका लागि बिछ्याइएको ह्युम पाइपमा प्लास्टिकको बोरा भित्र सडिगली दुर्गन्धित भएको अवस्थामा भुजेलको शव फेला परेको थियो ।

प्रनाउ विष्टले भने, ‘‘भुजेललाई उक्त स्थानमा लागि फाल्ने निजकै श्रीमान रहेको रहस्य खुलेको छ । अभियुक्तले हत्या गरेको स्वीकार गरेका छन् ।’’

मङ्गलबार राति ९ बजेर ४५ मिनेटमा व्यास नगरपालिका–३ तरकारी लाईन, दमौलीमा फेला पारी प्रारम्भिक अनुसन्धान गर्दा श्रीमतीको हत्या गरी ह्युम पाईपमा लगी फालेको भनी बताएको प्रहरीले बुधबार पत्रकार सम्मेलनमा गरी जानकारी दिएको छ ।

तनहुँ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा पाँचको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जालमार्फत् प्रेम बसेपछि दुई महिना अघि वैशाख १ गते विष्टले भुजेलसँग प्रेम विवाह गरेका थिए ।

श्रीमतीले दुई वटा सिम लिई अर्को केटासँग पनि बोल्ने गरेको भनि झगडा परेपछि हत्या गरेको अभियुक्तले बताएको प्रनाउ विष्टले जानकारी दिए ।

सोमबार माईतीपक्षले हराएको खोजी गरिपाउँ भनि फोटोसहित प्रहरीमा निववेदन दिएको र शङ्का गरी मृतकको बुबालाई बोलाएर शव देखाउँदा छोरी भनि बताएपछि शव सनाखत भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?