बागलुङ। व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । उनीमाथि हातपात गर्ने रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।
म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ । बेनी-४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी-४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बताएका छन् । ‘बेनी -३ को मरेक, राखु, वडा नम्बर-४ को
गलकोट। पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ । काम्लोका भारी पिठ्युँमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आएकी विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्छिन् । पूर्वी रुकुमको लुकुम गाउँबाट आएकी विनमाया गर्मी याममा निर्माण गरेको काम्लो बिक्रीका लागि जाडो याममा बजार खोज्दै हिँड्छिन् । उनले
गण्डकी। कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा विसं २००६ मा स्थापित मेश्रम बराह माध्यमिक विद्यालय स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाउने तयारी गरिएको छ । उक्त माविले आगामी फागुन १५ देखि १७ गतेसम्म विभिन्न कार्यक्रमका साथ हीरक जयन्ती मनाउने तयारी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हीरक जयन्ती मूल आयोजक
ढोरपाटन,बागलुङ। बागलुङ नगरपालिका-१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन् । कक्षा २ देखि १० सम्मका छात्रर छात्रा अध्ययनको अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्ने गर्दछन् । उक्त विद्यालयले हालै आफ्नो ७४औँ वार्षिकोत्सव मनाउँदा बालबालिकाले पञ्चेबाजा बजाएका थिए । विद्यालयका शिक्षक थमबहादुर परियारले विद्यार्थीलाई बाजा बजाउन
बलेवा,बागलुङ। पछिल्लो समय स्थानीयस्तरमा आयोजना गरिने मेला–महोत्सवको आकर्षण स्थानीय उत्पादन नै बन्ने गरेको छ । स्थानीयस्तरमा विभिन्न अवसरमा आयोजना गरिने यस्ता मेला–महोत्सवमा सहरबजारका सामग्री राख्ने विगतको परम्परा अहिले आएर भने परिवर्तन भएको हो । त्यस्तै, गत महिना बागलुङबजारमा आयोजना गरिएको बागलुङ महोत्सवमा पनि यहाँका स्थानीयका साथै महोत्सवमा किनमेल गर्न अन्य
वालिङ,स्याङ्जा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का बेला गण्डकी प्रदेश सरकार जनताको साथमा छ भन्ने प्रत्याभूति गराएको बताएका छन् । २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज स्याङ्जाको वालिङमा भएको उद्धार विपद् तथा नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशका विभिन्न ठाउँमा भएका विपदका समयमा गण्डकी प्रदेश सरकार तत्कालै विपद
ढोरपाटन,बागलुङ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गर्न थालिएको छ । लोकमार्गको पाखुट्टे–बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो । विसं २०७३ मा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडकको ‘ट्र्याक’ खोलिएको थियो । उक्त सडक स्तरोन्नतिका लागि गत वर्ष केन्द्र सरकारको रु एक करोड ३० लाख
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरमा निस्शुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला सञ्चालन गरिएको हो । उक्त मन्दिरका महन्थ जगतगुरु हिमालय बाबाले सरकारी निकाय र समुदायको सहयोग जुटाएर भवन निर्माण
गण्डकी। पोखरा महानगरपालिका–२० भलामखोरका सम्पूर्ण घरमा खानेपानी सुविधा पुगेको छ । रु एक करोड १९ लाख ३२ हजार ८००कोे लागतमा इक्राघारी बिचारी खानेपानी आयोजना निर्माण भएसँगै सो क्षेत्रका बासिन्दालाई पानीको सुविधा पुगेको हो । गण्डकी प्रदेश सरकारको रु एक करोड आठ लाख ४८ हजार र रु १० लाख ८४ हजार