Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण सुरु


तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’को पुल निर्माण सुरु गरिएको छ । मुग्लिन–पोखरा सडक खण्डको व्यास नगरपालिका–४ को सिमलटार र ५ को चापाघाट जोड्ने मादी नदीमाथि उक्त पुल निर्माण थालिएको हो ।

उक्त पुलमा दुई सय पायल ९खम्बा० निर्माण गर्नुपर्नेमा हालसम्म ५२ वटा खम्बाको काम सम्पन्न भएको छ भने कूल सात वटा फाउण्डेशनमध्ये दुई फाउण्डेशनको कार्य सम्पन्न भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

पुल निर्माणका लागि तल जगको भाग पूरा भएपछि त्यस भन्दा माथि क्याप राखेर निर्माण प्रक्रिया अघि बढाइने पाण्डेले बताए । सो पुलको छ वटा स्पान हुने आयोजना कार्यालयले जनाएको छ भने तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रू एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

त्यस्तै, बहत्तर किलोमिटर दूरीमा रहेको पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको चार लेनको उक्त पुल निर्माण भइरहेको छ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय सत्तरी मिटर लम्बाइको छ भने सोही पुल भन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

ढाँचाअनुसार पूर्वी सडकखण्डको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्ने इञ्जिनियर पाण्डेले जानकारी दिए । उनले भने, “पूर्वी खण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको छ ।” पश्चिम खण्डअन्तर्गत दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?