Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

प्रधानमन्त्री कप क्रिकेटः आज दुई खेल हुँदै


काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदै छन् । मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र कोशी प्रदेशबीच खेल हुँदै छ भने अर्को खेल भैरहवामा रहेको सिद्धार्थनगर क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुँदै छ ।

त्यस्तै, गण्डकी र कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् । तीन वटै खेलमा हार बेहोरेको गण्डकी अंक तालिकाको नवौँ स्थानमा रहेको छ । पाँचै खेल हारेको कोशी प्रदेश पुछारमा रहेको छ भने नेपाल पुलिस क्लब आफ्ना दुवै खेल जितेर चार अङ्कसहित अङ्क तालिकामा चौथो स्थानमा रहेको छ ।

त्रिभुवन आर्मी क्लब आफ्ना तीन मध्ये दुई खेल जितेर तालिकाको पाँचौँ स्थानमा छ। अहिलसम्म खेलेका तीनवटै खेल जितेको सुदूरपश्चिम तालिकाको पहिलो र पाँचमध्ये तीन खेल जितेको बाग्मती प्रदेश दोस्रो स्थानमा छ भने पाँचमध्ये तीन खेल जितेको मधेश प्रदेश रन रेटको आधारमा तेस्रो स्थानमा छ ।

उक्त प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको छ ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?