Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

कोशीविरुद्ध गण्डकी प्रदेश १६७ रनमा अल आउट, अभ्यासले लिए ६ विकेट


काठमाडौं। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध गण्डकी प्रदेश १६७ रनमा अल आउट भएको छ ।

त्यस्तै, मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ४८ ओभर २ बलमा १६७ रनमा समेटिएको हो । ब्याटिङतर्फ गण्डकीका मुस्कान थापाले सर्वाधिक ६७ रन बनाए भने कप्तान विपिन खत्रीले ४२ र कमल परियारले १३ रनको योगदान दिए ।

गण्डकीलाई सस्तो मै समेट्न कोशीका अभ्यास तिमिल्सिनाले ६ विकेट लिए । ९ ओभर २ बल बलिङ गरेका अभ्यासले २ मेडनसहित २३ रन खर्चेर ६ विकेट लिएका हुन् । फिर्दोष अन्सरी, कमल खत्री र सोनु मण्डलले १/१ विकेट लिए ।

यी दुवै टिम पहिलो जितको खोजीमा छन् भने गण्डकी यसअघि भएका ३ खेल र कोशी ५ खेलमा पराजित भएका छन् ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?