Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या


ढोरपाटन,बागलुङ। नयाँ सहर आयोजना कार्यालय बुर्तिवाङमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालय प्रमुख अभिषेक अधिकारीको दुई महिना अगाडि अन्यत्र सरुवा भएको थियो भने आयोजनाको चालु आर्थिक वर्षका ५० प्रतिशत काम सम्पन्न भइसक्दा समेत कार्यालयले कुनै पनि भुक्तानी दिन सकिरहेको छैन ।

उक्त कार्यालय प्रमुखका रूपमा रामकृष्ण गिरीलाई विभागबाट खटाए पनि हालसम्म कार्यालयमा उपस्थित नहुँदा कार्यसम्पादनमा समस्या भइरहेको नयाँ सहर आयोजना कार्यालय बुर्तिवाङका सूचना अधिकारी कोमल शाहले बताएका छन् । गिरीले मन्त्रालयबाट पत्र बुझिसकेको तर सङ्घीय कार्यान्वयन एकाइले रमना दिएपछि यसै महिना कार्यालयमा आउने बताए । सो आयोजनाका लागि यस वर्ष सङ्घीय सरकारले रु आठ करोड बजेट विनियोजन गरेको छ ।

त्यस्तै, नयाँ सातवटा ठेक्कामार्फत निर्माणको काम सुरु भइरहेको उनको भनाइ रहेको छ । पाँचवटा योजनाको काम सिर्जना एण्ड कुञ्जम जेभी, एउटा श्रीमान् निर्माण सेवा हेटौँडा र एउटा ठेक्का सम्झौता भइसकेको भन्दै अब निर्माणका चरणमा रहेको शाहले बताए । हालसम्म छवटा योजनाको कामका लागि ठेक्का सम्झौता भई मूल्याङ्कनसमेत भइसकेको छ ।

सूचना अधिकारी शाहले भने, “हालसम्म रु ५० लाखको घम्चिनमा सडकको काम सम्पन्न भइसकेको छ, ढोरपाटन नगरपालिका–३ पुर्कोट सडकको रु २५ लाखको काम पनि सकियो र कुत्थाप्लामा पार्क निर्माणको काम अन्तिम चरणमा छ, तर भुक्तानी गर्न सकिएको छैन । गत वर्षको सहित हालसम्म सम्पन्न गरिएका योजनाको रु चार करोड भुक्तानी दिन बाँकी छ, हाकिमसाप आएपछि मात्रै काम हुनेहुँदा अहिलेसम्म रोकिएको हो, उनी आए भने मात्रै काम सुरु हुन्छ ।”

आ.व २०६७/६८ देखि सरकारले व्यवस्थित सहर बनाउने भन्दै मध्यपहाडी लोकमार्गका विभिन्न १० स्थान छनोट गरेको थियो जसमध्ये बुर्तिवाङ पनि रहेको छ । बाह्र वर्ष बित्न लाग्दा कार्यालयले अपेक्षाअनुसार काम भने गर्न नसकेको स्थानीयको भनाइ रहेको छ ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?