Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पोखरामा सहकारी ठगीः बलिदानका अध्यक्ष र लेखा सदस्यलाई थुनामा राख्न उच्चको आदेश


पोखरा। बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बलिदानी सहकारीका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई थुनामै राख्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

उनीहरू गत कात्तिक २५ गते पक्राउ परेका थिए । हालसम्म ६ जना मात्रै पक्राउ परेका छन् भने ९ जना अझै फरार छन् । पक्राउ परेका मध्ये ३ जना धरौटीमा रिहा भएका थिए । मङ्सिर ३ गते दुवै जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो । उनीहरुले बाहिरै बसेर मुद्दा लड्ने माग सहित उच्चमा मुद्दा दिए, तर उच्च अदालतले पनि उनीहरूको अनुरोध सुनेन । अन्ततः दुवै जना कारागारमै रहने भएका छन् । न्यायाधीश राजप्रसाद भट्टराई र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले उनीहरूलाई थुनामा राख्ने जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

त्यस्तै, बलिदानी सहकारीबाट १ हजारभन्दा बढी बचतकर्ताको १० करोड रुपैयाँ अपचलन गरेको आरोप छ भने १५ जना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

 

 


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?