Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पोखरामा सहकारी ठगीः बलिदानका अध्यक्ष र लेखा सदस्यलाई थुनामा राख्न उच्चको आदेश


पोखरा। बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बलिदानी सहकारीका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई थुनामै राख्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

उनीहरू गत कात्तिक २५ गते पक्राउ परेका थिए । हालसम्म ६ जना मात्रै पक्राउ परेका छन् भने ९ जना अझै फरार छन् । पक्राउ परेका मध्ये ३ जना धरौटीमा रिहा भएका थिए । मङ्सिर ३ गते दुवै जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो । उनीहरुले बाहिरै बसेर मुद्दा लड्ने माग सहित उच्चमा मुद्दा दिए, तर उच्च अदालतले पनि उनीहरूको अनुरोध सुनेन । अन्ततः दुवै जना कारागारमै रहने भएका छन् । न्यायाधीश राजप्रसाद भट्टराई र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले उनीहरूलाई थुनामा राख्ने जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

त्यस्तै, बलिदानी सहकारीबाट १ हजारभन्दा बढी बचतकर्ताको १० करोड रुपैयाँ अपचलन गरेको आरोप छ भने १५ जना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

 

 


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?