२२ असार, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाभित्र उत्पादन हुने स्याउलाई मनास्लु स्याउ नामकरण गरी ब्रान्डिङ गरिने भएको छ । गाउँपालिकाले पालिकाभित्र उत्पादित स्याउको निर्यात बढाउनका लागि स्याउको नामकरण मनास्लु राखेर ‘ब्रान्डिङ’ गर्ने घोषणा गरेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । “हिमाली क्षेत्र पर्ने भएकाले चुमनुब्री स्याउको राम्रो उत्पादन हुने
२२ असार, पर्वत । पर्वत जिल्लाको जनसङ्ख्या विगत ३० वर्षयता लगातार घट्दै गएको पाइएको छ । पछिल्ला तीनपटक भएका जनगणनाको तथ्याङ्कमा जनसङ्ख्या घट्दै आइरहेको देखिएको हो । विसं २०५८ मा एक लाख ५७ हजार आठ सय २६ जनसङ्ख्या रहेकामा २०६८ सालमा एक लाख ४५ हजार पाँच सय ९० मा झरेको थियो
२२ असार, तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकायरी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । उनका अनुसार नेपाली साहित्यको
२२ असार, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन् । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन् । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल
२२ असार, गण्डकी । गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ । आव २०७७÷७८ एक लाख १२ हजार दुई सय २७ हेक्टरमा वर्षे धान लगाइएकामा गत आवमा धान खेती एक लाख चार हजार छ सय ३२ हेक्टरमा मात्र सीमित बन्यो । यस वर्ष अझ घटेर ९७ हजार आठ सय ५१
२२ असार ,गलेश्वर । दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाले । उनले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गरे । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाएका छन् । सुरुआतमा १७ स्थानीय र चार अस्ट्रेलियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु
२२ असार ,काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा पूर्वाधार निर्माणतर्फ ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा गाउँपालिकाले उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको छ । धवलागिरिले ७० दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
२१ असार, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–८ ले चौरासी वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई बुधबार सम्मान गरेको छ । वडा अध्यक्षसहित जनप्रतिनिधि तथा कर्मचारीले ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर सम्मान गरेका हुन् । ज्येष्ठ नागरिकलाई वडाबाट सम्मानस्वरुप यस वर्ष झुल, ‘हर्लिक्स’ र फलफूल उपलब्ध गराएको वडाअध्यक्ष दामोदर तिवारीले बताए । “समाजको
२१ असार, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बढ्न थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएपछि जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो । दैनिकरुपमा वर्षा हुने क्रम जारी रहेकाले मस्र्याङ्दी नदीमा पानी बहाव बढेपछि पूर्ण क्षमताको बिजुली उत्पादन भइरहेको आयोजना
२१ असार, कास्की । कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिराले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन् । चार घर जोखिममा परेका छन् । मादीको वडा नं ६ का पाँच र वडा नं २ मा एक परिवार पहिराको जोखिममा परेको गाउँपालिकाले जनाएको छ । यही असार १९ गतेको अविरल वर्षाले मादी–६