९ भदाै, रसुवा । निलाद्री पर्वतमा विराजमान रहेका गोसाइँकुण्ड शिव भगवानको दर्शनका लागि भक्तजनको आगमन सुरु भएको छ । भोलि आइतबार अर्थात् भदौ १० गते पर्ने पुत्रदा एकादशीका अवसरमा स्नान एवं पूजाआजाका लागि करिब दुई हजार भक्तजन आज बिहानै धुञ्चेबाट सुलाद्री पर्वतको उकालो चढ्न थालिसकेका छन् । गोसाइँकुण्ड क्षेत्र विकास समितिका
९ भदाै, काठमाडाैँ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज बिहान ७ बजे कुपण्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो । नाराका उपाध्यक्ष शिशिर
९ भदाै, सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको स्थानीय श्याम शर्माले जानकारी दिए । अन्य भवन पनि जोखिममा छन् । त्यस्तै ग्याल्थुम बजार पनि जोखिममा परेको छ
९ भदाै, चितवन । चितवन जिल्ला अदालतमा सबै भन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका मुद्दा मात्र एक हजार दुई सय १६ दर्ता भएका छन् । यस्तै चेक अनादारको मुद्दा सात सय २२, अंशसम्बन्धी मुद्दा छ सय २६, लागुऔषधसम्बन्धी एक सय ६८ मुद्दा दर्ता भएका थिए
९ ,भाद्र ,काभ्रे । काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्ष २०८०/०८१ मा तीन सय ७७ सिँचाइ आयोजना निर्माणको काम सञ्चालन हुनेछ । यसमध्ये सात वटा ठूला सिँचाइ आयोजना रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धुलिखेलले जनाएको छ । बागमती प्रदेश सरकार र सङ्घीय सरकारबाट चालु आवका लागि विनियोजित बजेटबाट यस वर्ष जिल्लामा
८ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित नेपाल विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, स्थानीय, वारुणयन्त्रको दुई वटा दमकल तथा एउटा पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । वनस्थलीस्थित
८ भदाै, काभ्रे । दश दिनमा आठ जनाले आत्महत्या गरेपछि इलाका प्रहरी कार्यालय बनेपाले आत्महत्या रोकथाम गर्न विद्यालयस्तरमा सचेतना अभियान थालेको छ । उक्त अवधिमा आत्महत्या गर्ने आठमध्ये छ विद्यार्थी भएपछि प्रहरीले पहिलो चरणमा विद्यालयस्तरमा सचेतना अभियान थालेको जनाएको छ । दिनहुँ आत्महत्याका घटना भइरहँदा इप्रका बनेपाले बनेपा नगरपालिका, पनौती नगरपालिका
८ भदाै, मकवानपुर । मकवानपुरका अग्रज साहित्यिक स्रष्टा एवम् शिक्षासेवी तुल्सी थापाको निधन भएको छ । चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा उनको शुक्रबार निधन भएको हो । मुटु, मृगौला र फोक्सोको समस्या पीडित ७८ वर्षीय थापामा केही दिनयता निमोनिया समेत देखिएको थियो । कथा, कविता र नाटकमा कलम चलाउने
८ भदौ, काठमाडाैँ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो । नाराका उपाध्यक्ष शिशिर
७ भदाै, चितवन । भरतपुर अस्पतालमा साउनमा मात्र एक सय १७ जना सर्पदंशका बिरामीले उपचार लिएका छन् । चितवनसहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले सेवा लिएका हुन् । उपचारमा आएकामध्ये १३ जनालाई एन्टिस्नेक भेनम प्रयोग गरि उपचार गरिएको थियो भने अन्यलाई सामान्य उपचारपछि घर फर्काइएको छ । चितवन, नवलपुर, मकवानपुर, तनहुँलगायतका