Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्रीमा रोक लगाउन लेखा समितिको निर्देशन


काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ । ग्याँस उद्योगहरुले गैरकानुनी रुपमा होटल लगायत औद्योगिक प्रयोजनका लागि ५० केजी र ४५० केजीका सिलिण्डरहरु बिक्री वितरण गरेको भन्दै सोमबार बसेको लेखा समितिको बैठकले त्यसलाई रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसअघि लेखा समितिले ५० र ४५० केजीका ग्यास सिलिण्डरहरुको बिक्री वितरणबारे चासो राख्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर ३ दिनभित्र जानकारी दिन भनेको थियो । तर हालसम्म पनि मन्त्रालयले जानकारी नगराएकाले सो सम्बन्धमा भए गरेका कामकारबाहीका कागजातसहित विवरण उपलब्ध गराउन समितिले निर्देशन समेत दिएको छ । त्यसैगरी यस्तो गैरकानुनी कार्यलाई तत्काल रोक लगाई गैरकानुनी कार्य गर्ने ग्याँस उद्योगलाई कानुबमोजिम कारबाही गर्न समितिको बैठक नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देश दिएको छ ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?