Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला


काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला गरेको छ । डेढ लाख वर्ग फिट पार्किङ क्षेत्र रहेको धरहराको बेसमेन्टमा ५० हजार वर्गफिट बराबरको क्षेत्रफलमा पार्किङ खुला भएको महानगरपालिकाले जनाएको छ । ‘तीन तल्लामध्ये पहिलो तल्लामा पार्किङ आइतबारदेखि खुलेको छ ।

बाँकी दुई तल्लामा केही पानी हटाउनुपर्ने र सरसफाइ गर्नुपर्ने भएकोले खुलाइएको छैन,’ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । पार्किङ खुलाको सुरुवात भएकोले तत्कालका लागि निःशुल्क पार्किङ उपलब्ध गराइएको र पुरै सञ्चालनमा आएपछि ठेक्का मार्फत पार्किङ शुल्क उठाउने तयारी रहेको महानगरले जनाएको छ ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?