Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

दोस्रो दिन पनि ओरालो लाग्यो सेयर बजार


काठमाडौं । लगातार दोस्रो दिन सेयर बजार ओरालो लागेको छ । सोमबार १२.५८ अंकले घटेको बजार १९०८.६६ विन्दुमा ओर्लिएको छ । यो ०.६५ प्रतिशतको गिरावट हो । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाए पनि लगानीकर्ता यस नियमबाट उत्साहित देखिएनन् । आइतबार ३५.६७ अंकले घटेको बजार दोस्रो दिन पनि ओरालो लागेको हो । सोमबार कुल २८७ धितोपत्रको ४८ हजार ४४४ कारोबारबाट ४३ लाख २७ हजार १७९ कित्ता सेयर कारोबार भएको छ । आज १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको मात्र कारोबार भएको छ । सोमबार उत्पादन र प्रशोधन उपसूचक र व्यापार उपसूचकमा मात्र वृद्धि देखियो । अरु सबै उपसूचक भने नेगेटिभ देखिए । सबैभन्दा धेरै निर्जीवन बीमा उपसूचकको १ प्रतिशतले गिरावट आएको छ ।

सोमबार सयपत्री हाइड्रोपावरको सबैभन्दा धेरै ९६.८८ प्रतिशत०ले सेयरमूल्य बढेको छ । थ्रीस्टार हाइड्रोपावर, हिमालयन पावर पार्टनर, इमर्जिङ नेपाल लिमिटेडसहितका धितोपत्रको समेत धेरैले सेयर मूल्य बढेको छ । बाराही हाइड्रोपावर र हिमालयन लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाए । यी दुवै धितोपत्रको नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । प्रोगेसिभ फाइनान्स, सानिमा जीआईसी, पिपुल्स पावरसहितका धितोपत्रको समेत धेरैले सेयरमूल्य गिरावट आएको छ ।

 


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?