Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

दोस्रो दिन पनि ओरालो लाग्यो सेयर बजार


काठमाडौं । लगातार दोस्रो दिन सेयर बजार ओरालो लागेको छ । सोमबार १२.५८ अंकले घटेको बजार १९०८.६६ विन्दुमा ओर्लिएको छ । यो ०.६५ प्रतिशतको गिरावट हो । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाए पनि लगानीकर्ता यस नियमबाट उत्साहित देखिएनन् । आइतबार ३५.६७ अंकले घटेको बजार दोस्रो दिन पनि ओरालो लागेको हो । सोमबार कुल २८७ धितोपत्रको ४८ हजार ४४४ कारोबारबाट ४३ लाख २७ हजार १७९ कित्ता सेयर कारोबार भएको छ । आज १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको मात्र कारोबार भएको छ । सोमबार उत्पादन र प्रशोधन उपसूचक र व्यापार उपसूचकमा मात्र वृद्धि देखियो । अरु सबै उपसूचक भने नेगेटिभ देखिए । सबैभन्दा धेरै निर्जीवन बीमा उपसूचकको १ प्रतिशतले गिरावट आएको छ ।

सोमबार सयपत्री हाइड्रोपावरको सबैभन्दा धेरै ९६.८८ प्रतिशत०ले सेयरमूल्य बढेको छ । थ्रीस्टार हाइड्रोपावर, हिमालयन पावर पार्टनर, इमर्जिङ नेपाल लिमिटेडसहितका धितोपत्रको समेत धेरैले सेयर मूल्य बढेको छ । बाराही हाइड्रोपावर र हिमालयन लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाए । यी दुवै धितोपत्रको नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । प्रोगेसिभ फाइनान्स, सानिमा जीआईसी, पिपुल्स पावरसहितका धितोपत्रको समेत धेरैले सेयरमूल्य गिरावट आएको छ ।

 


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?