१२ वैशाख, सिरहा । सिरहा नगरपालिकाले सिरहा–माडर सडक खण्डमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र सहरी सुन्दरता विगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई ३० मिटर चौडा बनाउन मापदण्डविपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ ।
१२ वैशाख, धनुषा । धनुषा प्रहरीले सात लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सात लाख ७१ हजार पाँच सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका–६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । अनुकुमारीको साथबाट एक हजारको नक्कली नोट ४९२ थान
१२ वैशाख, जनकपुरधाम । मन्दिरै मन्दिरको सहर जनकपुरधाम उपमहानगरपालिका-४ गंगासागर दक्षिणतर्फ भूतनाथ महादेव मन्दिर छ। उपमहानगरको मध्यभागमा अवस्थित यो मन्दिरको आँगनीमा सयौँ वर्षदेखि मान्छे जलाउने श्मशानघाट पनि छ। वर्षौँदेखि मृत्यु र नर्कको मात्रै चित्र देखाउने त्यो श्मशानघाटलाई अचेल भने मृत्यु, जीवन र स्वर्गलाई एकै ठाउँमा साक्षात्कार गर्न मिल्ने गरी विकास गरिएको
१२ वैशाख ,बारा । बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन्। जसपा अध्यक्ष यादवले १० हजार एक सय ९९ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले छ हजार आठ सय
११ वैशाख, महोत्तरी । महोत्तरीमा सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका–४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो । सशस्त्र एसपी लेखनाथ खनालले स्थिति नियन्त्रणमा लिन १३ सेल अश्रु ग्यास प्रहार गरेको जनाए । स्थिति शान्तिपूर्ण
११ वैशाख, बारा । बारा १ को प्रारम्भिक मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । प्रारम्भिक चरणमा ६७० मत गन्दा यावदले २२४ मत ल्याएका छन् । त्यस्तै, जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा १७० मत ल्याउँदा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत सहित तेश्रोमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले
११ वैशाख, बारा । उपनिर्वाचन भएको बाराको क्षेत्र नम्बर १ मा मतगणना सुरू भएको छ । सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेता पनि करीब डेढ घण्टा ढिलो मतगणना सुरू भएको हो । बारामा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार
११ वैशाख, बारा । बारा क्षेत्र नं. २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । गएरातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकका लागि राजनीतिक दलका प्रतिनिधिहरु समयमा नआएकाले ढिलाई भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । भर्खरै
११ वैशाख ,बारा । बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहानबाट हुने भएको छ । गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । “आज बिहान ७ बजे सर्वदलीय बैठक राखिएको
१० वैशाख ,जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा आज दिउँसो आगलागी हुँदा आठवटा घर खरानी भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सरोज राईका अनुसार आज दिउँसो अचानक स्थानीय गफार शेष, सतार शेष, सदरे शेष, अन्सारुल मोमिन, इलझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घरमा