Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला


२८ वैशाख, सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं. १ मा टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला परेको छ ।

हरिपूर्वा र सङ्ग्रामपुर बिचमा पर्ने हरिपूर्वा नगरपालिका १ पथरा पुलस्थित मसला (भिस) घारीमा भारतको सीतामढी सो वर्षा ९ बस्ने २८ वर्षीय शेखर सुमन उर्फको टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको हो । बुधवार साँझ ५ बजेतिर बीभत्स ढङ्गले हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार शरीर र टाउको बेग्लाबेग्लै पारिएको अवस्थामा शव फेला परेको छ । घटनास्थलको आवश्यक अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले मृतकको शव रातभर घटनास्थलमै राख्यो । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक कैलाश राईले बिहीबार बिहानैबाट घटनास्थलको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

मृतकको शव घटनास्थलको प्रकृति मुचुल्का गरी सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल लैजाने प्रहरीले जनाएको छ । भारतीय युवकको बीभत्स ढङ्गले हत्या भएपछि स्थानीय त्रसित भएका छन् ।

घटनास्थलमा कुनै हतियार फेला परेको छैन । यस घटनामा संलग्न कोही व्यक्तिको समेत पहिचान भएको छैन । हरिपूर्वा नगरपालिका–१ का वडाध्यक्ष श्यामबाबु रायले बुधवार रातभर मृतकको शव रुङ्गेर बसेको प्रहरीले बिहीबार बिहानबाट थप अनुसन्धान थालेको बताएका छन् ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?