Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला


२८ वैशाख, सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं. १ मा टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला परेको छ ।

हरिपूर्वा र सङ्ग्रामपुर बिचमा पर्ने हरिपूर्वा नगरपालिका १ पथरा पुलस्थित मसला (भिस) घारीमा भारतको सीतामढी सो वर्षा ९ बस्ने २८ वर्षीय शेखर सुमन उर्फको टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको हो । बुधवार साँझ ५ बजेतिर बीभत्स ढङ्गले हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार शरीर र टाउको बेग्लाबेग्लै पारिएको अवस्थामा शव फेला परेको छ । घटनास्थलको आवश्यक अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले मृतकको शव रातभर घटनास्थलमै राख्यो । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक कैलाश राईले बिहीबार बिहानैबाट घटनास्थलको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

मृतकको शव घटनास्थलको प्रकृति मुचुल्का गरी सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल लैजाने प्रहरीले जनाएको छ । भारतीय युवकको बीभत्स ढङ्गले हत्या भएपछि स्थानीय त्रसित भएका छन् ।

घटनास्थलमा कुनै हतियार फेला परेको छैन । यस घटनामा संलग्न कोही व्यक्तिको समेत पहिचान भएको छैन । हरिपूर्वा नगरपालिका–१ का वडाध्यक्ष श्यामबाबु रायले बुधवार रातभर मृतकको शव रुङ्गेर बसेको प्रहरीले बिहीबार बिहानबाट थप अनुसन्धान थालेको बताएका छन् ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?