Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

जनकपुरमा भानुभक्त आचार्यको सालिक अविलम्ब निर्माण गर्न विद्यार्थी सङ्गठनको माग


२६ वैशाख ,(महेन्द्रनगर) धनुषा । धनुषाका विद्यार्थी सङ्गठनहरूले जनकपुरधाम उपमहानगरपालिकाको भानु चोकमा भानुभक्त आचार्यको सालिक अविलम्ब निर्माण गर्न माग गरेका छन् ।

मङ्गलबार विद्यार्थी सङ्गठनले संयुक्तरूपमा उपमहानगर प्रमुख मनोजकुमार साहसँग भेट गरी सालिक निर्माण कार्य अगाडि बढाउन ध्यानाकर्षण गराएको हो ।

प्रमुख साहले ध्यानाकर्षण पत्र बुझ्दै चाँडै सालिक निर्माण कार्य अगाडि बढाइने बताए । उनले सालिक निर्माण स्थगित भएको अफवाहको पछाडि नलाग्न आग्रह गर्दै चाँडै निर्माण कार्य अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

विगत केही दिन पहिला मात्र उपमहानगरप्रमुख साहले भानु चोकमा भानुभक्त आचार्यको सालिक निर्माण शिलान्यास गरेका थिए । शिलान्यासका क्रममा लोकतान्त्रिक विद्यार्थी सङ्गठनले सो स्थानमा रमेश महतोको सालिक निर्माणको माग गर्दै प्रदर्शन गरेको थिए ।

जनकपुरधाम उपमहानगरपालिकाको नवौँ नगरसभाबाट भानु चोकमा भानुभक्त आचार्यको सालिक निर्माण गर्ने निर्णय भएको र सोका लागि बजेटसमेत विनियोजन भइसकेको छ ।

नेपाल विद्यार्र्र्थी सङ्घ, अनेरास्ववियु (नेकपा एमाले), अखिल क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी, अनेरास्ववियु (नेकपा एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्गठन, नेपाल समाजवादी विद्यार्थी युनियन मधेस, नेपाल तरुण दल, राष्ट्रिय युवा सङ्घ, वाइसिएल, युथ फोर्स र युवा सङ्घ नेपालले संयुक्तरूपमा उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?