Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

जनकपुरमा भानुभक्त आचार्यको सालिक अविलम्ब निर्माण गर्न विद्यार्थी सङ्गठनको माग


२६ वैशाख ,(महेन्द्रनगर) धनुषा । धनुषाका विद्यार्थी सङ्गठनहरूले जनकपुरधाम उपमहानगरपालिकाको भानु चोकमा भानुभक्त आचार्यको सालिक अविलम्ब निर्माण गर्न माग गरेका छन् ।

मङ्गलबार विद्यार्थी सङ्गठनले संयुक्तरूपमा उपमहानगर प्रमुख मनोजकुमार साहसँग भेट गरी सालिक निर्माण कार्य अगाडि बढाउन ध्यानाकर्षण गराएको हो ।

प्रमुख साहले ध्यानाकर्षण पत्र बुझ्दै चाँडै सालिक निर्माण कार्य अगाडि बढाइने बताए । उनले सालिक निर्माण स्थगित भएको अफवाहको पछाडि नलाग्न आग्रह गर्दै चाँडै निर्माण कार्य अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

विगत केही दिन पहिला मात्र उपमहानगरप्रमुख साहले भानु चोकमा भानुभक्त आचार्यको सालिक निर्माण शिलान्यास गरेका थिए । शिलान्यासका क्रममा लोकतान्त्रिक विद्यार्थी सङ्गठनले सो स्थानमा रमेश महतोको सालिक निर्माणको माग गर्दै प्रदर्शन गरेको थिए ।

जनकपुरधाम उपमहानगरपालिकाको नवौँ नगरसभाबाट भानु चोकमा भानुभक्त आचार्यको सालिक निर्माण गर्ने निर्णय भएको र सोका लागि बजेटसमेत विनियोजन भइसकेको छ ।

नेपाल विद्यार्र्र्थी सङ्घ, अनेरास्ववियु (नेकपा एमाले), अखिल क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी, अनेरास्ववियु (नेकपा एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्गठन, नेपाल समाजवादी विद्यार्थी युनियन मधेस, नेपाल तरुण दल, राष्ट्रिय युवा सङ्घ, वाइसिएल, युथ फोर्स र युवा सङ्घ नेपालले संयुक्तरूपमा उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?