Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

खेतमा हत्या गरि फालिएको अवस्थामा भेटियो शव, अनुसन्धानको माग राख्दै राजमार्ग अवरूद्ध


३१ वैशाख, सप्तरी । रुपनी गाउँपालिका बडा नं १ रुपनी राजविराज खण्डको रुपनीमा हत्या गरी फ्यालिएको अवस्थामा एक युवाको शव भेटिएको छ । घटनाको विरोध जनाउँदै स्थानीयवासी तथा महिलाहरूद्वारा रुपनी राजविराज सडक खण्ड बिहानदेखि अवरुद्ध पारेका छन् ।

शम्भुनाथ नपा २ बस्ने लुकमानको छोरा अन्दाजी वर्ष २४ को मो तफेजुलको शव रुपनी बजार क्षेत्रदेखि २५ मिटर पर खेतमा आइतबार बिहानै प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।

आइतबार बिहान घटनास्थलमा प्रहरी टोली पुगेर उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । महिलाहरूको ठुलो सङ्ख्याले अवरुद्ध पारिएको सडक खण्डलाई प्रहरी सुरक्षा खुलाउन लागि परेको छ ।

अत्यावश्यक सवारी साधनहरू प्रहरीको सुरक्षा दिँदै अत्यावश्यक सवारी साधनहरूको लागि अवरोध हटाउँदै आएको प्रमुख कार्कीले बताएका छन् । रुपनी बजार क्षेत्रमै वर्ष दिनभित्र यो सहित यस प्रकारको तीनवटा हत्या भइसकेका छन्।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?