Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

खेतमा हत्या गरि फालिएको अवस्थामा भेटियो शव, अनुसन्धानको माग राख्दै राजमार्ग अवरूद्ध


३१ वैशाख, सप्तरी । रुपनी गाउँपालिका बडा नं १ रुपनी राजविराज खण्डको रुपनीमा हत्या गरी फ्यालिएको अवस्थामा एक युवाको शव भेटिएको छ । घटनाको विरोध जनाउँदै स्थानीयवासी तथा महिलाहरूद्वारा रुपनी राजविराज सडक खण्ड बिहानदेखि अवरुद्ध पारेका छन् ।

शम्भुनाथ नपा २ बस्ने लुकमानको छोरा अन्दाजी वर्ष २४ को मो तफेजुलको शव रुपनी बजार क्षेत्रदेखि २५ मिटर पर खेतमा आइतबार बिहानै प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।

आइतबार बिहान घटनास्थलमा प्रहरी टोली पुगेर उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । महिलाहरूको ठुलो सङ्ख्याले अवरुद्ध पारिएको सडक खण्डलाई प्रहरी सुरक्षा खुलाउन लागि परेको छ ।

अत्यावश्यक सवारी साधनहरू प्रहरीको सुरक्षा दिँदै अत्यावश्यक सवारी साधनहरूको लागि अवरोध हटाउँदै आएको प्रमुख कार्कीले बताएका छन् । रुपनी बजार क्षेत्रमै वर्ष दिनभित्र यो सहित यस प्रकारको तीनवटा हत्या भइसकेका छन्।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?